राजेन्द्र महत्तो, लहान । सशस्त्र प्रहरीले भारतबाट ल्याउँदै गरेको पेस्तोल बरामद गरेको छ । माडरको सशस्त्र प्रहरी आउट पोष्ट गस्ती टोलीले भारतबाट मोटरसाइकलमा ल्याउँदै गरेको एक थान कटुवा पेस्तोल सिरहा नगरपालिका १७ पटेर्वाबाट बरामद गरेको हो ।
सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रवहादुर शाहीको नेतृत्वमा रहेको गस्ती टोलीले भारतबाट नेपालतर्फ आइरहेको नम्बर नखुलेको मोटरसाइल चेक जाँचको क्रममा सुरक्षाकर्मीलाई देख्ना साथ पेस्तोल कमला खोलामा फ्याकी भारत तर्फ फरार भएको थियो । मोटरसाइकल चालकले प्रहरीलाई देख्ने बित्तिकै पुनः भारततिर फर्केर भागेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले पिछा गरेपछि मोटरसाइकल चालकले कमला नदी किनारको झाडीमा पेस्तोल फालेर भारततर्फ भागेका थिए । मोटरसाइकल चालकले फालेको पेस्तोल सशस्त्रले जिल्ला प्रहरी कार्यालय पठाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया