राजेन्द्र महतो, लहान । सिरहाको लहान नगरपालिका ९ मा सिसौको रुख काटेको विषयमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका ९ (गोठ टोल) की ५३ बर्षीया तेतरी देवी महतोको मृत्यू भएको हो ।
लहान नगरपालिका १५ का आशाराम महतो र उनको भाइ सुमेश्वर महतोले सोमवार बिहान ति महिलालाई कुटपिट गरेका थिए ।रुख काटेको विषयमा विवादमा दाई–भाईको कुटार्इबाट घाईते भएकी तेतरीदेवीको लहान अस्पतालमा उपचार गराएका थिए । तर, उपचार गराएर घर फर्केको भोली पल्ट उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
तेतरीदेवीको मृत्यु भएपछि कुटपिट गर्ने दुवै दाजुभाई फरार रहेका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

तपाईको प्रतिक्रिया