उदयपुर । उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा माछा मार्ने क्रममा बुधबार विहान ७ बजे डुवेका दुई विद्यार्थी अझै भेटिएको छैन् । लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटेका बुत्कु माध्यमिक विद्यायलका विद्यार्थी १६ वर्षिय आशन राई (देव कुमार) र १३ वर्षिय प्रविन राई माछा मार्ने क्रममा ज्यामिरे दोभानमा पुगेपछि सुनकोशी नदीमा डुवेर वेपत्ता भएको हो ।
डुबेर वेपत्ता भएपछि गाउँलेहरु खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीर बहादुर बुढा मगरले जानकारी दिए । उनका अनुसार स्थानीय, इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट प्रहरी, अन्य मताहत प्रहरी ईकाई टोली खटिगई खोज तलास भईरहेको जानकारी दिए । उनका अनुसार वेपत्ताको खोजीका लागि ज्यामिरे दोभान देखि सुनसरीको चतरासम्मका उदयपुरसहित छिमेकी जिल्ला खोटाङ, भोजपुर र सुनसरीका मताहतका प्रहरी ईकाईहरु पनि परिचालन गरिएको जानकारी दिए ।
आसन (देवकुमार) एसइई दिएर बसेका विद्यार्थी हुन भने प्रविन कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन् ।

तपाईको प्रतिक्रिया