सिरहा लहानको विद्युत पावर हाउसको ट्रान्सफर्मर जल्दा उदयपुरमा विद्युत आपूर्ति बन्द
उदयपुर । दुई हप्तादेखि उदयपुरको विद्युत सेवा अनियमित हुँदा सर्वसाधारणले सास्ती वोहेर्दै आएका छन् । विद्युत नियमित नहुदा सर्वसाधारणको काम रोकिएको मात्र छैन, खानेपानी, संचार संस्थामा छापाखाना, उद्योग व्यवसाय चौपट भएका छन् । २०–२५ मिनेट, एक घण्टा दुई घण्टामा जादै आउदै गर्ने विद्युतमा भोल्टेज नहुनेले जनता आजित भएको छ ।
जिल्लाको त्रियुगा नगरपालिकामा विद्युतमा भोल्टेजन नआउँदा मोतिगडा खानेपानी आपूर्ति ब...













