कटारी । सशस्त्र प्रहरी बल कटारीले अवैध सुर्ती बरामद गरेको छ । काकरभिट्टाबाट कटारी आउँदै गरेको मे.१ ख १७५२ नम्बरको यात्रु बाहक बसमा शंका लागि चेकजाच गर्दा अबैध सुर्ती फेला परेको हो । ८० हजार मुल्य बराबरको ४ सय केजी अवैध सुर्ती बरामद गरि सुनसरी भन्सार कार्यलय सेतुवन्धुमा बुझाएको सशस्त्र प्रहरी निरीक्षक भुपेन्द्र बस्नेतले बताए । यात्रु बाहक बसमा शंका लागेर चेक गर्दा डिकि र छतमा लुकाएर ल्याएको फेला परे पछि बरामद गरेको निरीक्षक बस्नेतले जानकारी दिए ।
सशस्त्र प्रहरी कटारीका सशस्त्र प्रहरी हवल्दार कृष्ण बहादुर खत्रीको कमाण्डमा रहेकोको टोलीमा प्रहरी हवल्दार डिल्लिराम राई, धन बहादुर थापा मगर र सशस्त्र प्रहरी जवान मनोज राउतको टोलिले कटारी ३ को गुम्बा डाडा बाट १० बोरा सुर्ती बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया