उदयपुरमा टिपर दुर्घटनामा २ जनाको मृत्यु, एक जना गम्भिर घाइते
उदयपुर - उदयपुरको सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी नगरपालिका ८ कुरिङभञ्ज्याङमा मंगलबार विहान १० बजेको समयमा सिमेन्ट बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । कटारीबाट घुर्मीतर्फ जाँदै गरेको बा. ४ ख ५६७१ नम्बरको टिपर साइड दिने क्रममा आफै अनियन्त्रित भई सडक भन्दा ५० मिटर तल खसी दुर्घटना हुँदा टिपरमा सवार दुई जनाको घटना स्थलमै मृत्यु भएको छ भने एक जना गम्भ...













