बाराहा । लिम्चुङबुङ गाउँपालिकामा लोख्रिम भिरबाट जेसिवी पन्ध्र सय मिटर तल खसेर क्षति भएको छ । लिम्चुङबुङ गाउँपालिका वडा नं. ५ जातेबाट अवरुद्ध सडक खुलाउन सोही पालिकाको वडा नं. ३ बाराहा तर्फ जाँदै गरेको प्रदेश २–०२–००१ क ०२३८ नम्बरको जेसिवी वडा नं. ५ को लोख्रिम भिर भन्दा माथिल्लो मोडबाट अनियन्त्रित भई खसेर क्षति भएको इलाका प्रहरी कार्यालय लिम्चुङबुङले जनाएको छ । जेसिवी भिरबाट खस्दा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
जेसिवी लोख्रिम भिर भन्दा माथिल्लो मोडबाट बलम्ता पटीको पाटो सडकदेखि पन्ध्र सय मिटर तल खसेको सवारी धनी मनोज बुढाथोकीले जनाएको छ । जेसिवी कामै नलाग्ने गरी क्षति भएको सवारी धनी बुढाथोकीले जनाएको छ ।

तपाईको प्रतिक्रिया