कोशी श्रीलंका टप्पुको बस्ती तर्फ छिर्यो
रामपुर - पहाडी जिल्लाहरूमा परेको निरन्तर वर्षाका कारण सप्तकोसी नदी कटान र ओभरफ्लो भई उदयपुरको बेलका नगरपालिका ८ डुम्रीबोटे नजिकै नदी बस्तीतर्फ छिरेको छ ।
सप्तकोसी नदीको बाढी नदीभन्दा बाहिर आए पछि श्रीलंका टप्पु तर्फ ओभरफ्लो छिरेको बेलका नगरपालिकाका उपमेयर जिरा राईले बताईन् । उनका अनुसार भारत सरकारले कोशी नियन्त्रणको लागि लगाएको त्रिकुटी समेत बगाएर कोशीको ओभारफ्लो टप्पु तिर छिरेको छ । ठुलै बाढी नछ...













