उदयपुर । सिमेन्टको तातो धुलोले पोल्दा उदयपुर सिमेन्ट उद्योग जलजलेका चार मजदुर घाइते भएका छन् । सोमबार विहान करिव १०ः३० बजे साइकोन जाम भएपछि खोल्ने क्रममा तातो सिमेन्टको धुलेले उत्पादन विभागमा कार्यरत कर्मचारीहरु घाइते भएका हुन् ।
घाइते हुनेमा विनोद श्रेष्ठ, विदुर खड्का, दिपेन्द्र चौधरी र भिम बहादुर भुजेल रहेको उदयपुर सिमेन्ट उद्योगको सूचना अधिकारी लक्ष्मण पोखरेलले जानकारी दिए । विनोद र विदुर गम्भिर घाइते भएका छन् । चारै जनाको जिल्ला अस्पताल बोक्सेमा उपचार पछि थप उपचारको लागि विराटनगर स्थित म्याक्स इन्टरनेशनल ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।
साइकोन जाम भएपछि खोल्ने क्रममा तातो सिमेन्टको धुलो एक्कासी माथिबाट खस्दा जमिनमा रहेका उनीहरु घाइते भएको सूचना अधिकारी पोखरेलले जानकारी दिए । उनीहरुको टाउँको, हात खुट्टा जिउ, अनुहारमा पोलेको छ ।









