इटहरी / रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक भएको छ । आमा बाबु गुमाएर टुहुराे बनेका छाेरा-छारीकाे कथामा आधारित गीत पूर्वेली इन्टरटेनमेन्ट युट्युब च्यानल च्यानल मार्फत उक्त गित सार्वजनिक भएको हो । राजन क्षेत्रीको शब्द सङ्गीतमा निर्माण गरिएको उक्त गीतमा रमा अधिकारीको स्वर रहेको छ । उक्त गीतमा आमा बाबु गुमाएपछि एउटी छोरीले पाएको दुःख र गरेको सङ्घर्षलाई देखाउन खोजिएको छ । 
उक्त गीतमा रमा अधिकारी, युनिसा दाहाल, पवन सुवेदी, निरू केसी, मिना राई, सेमीसा राईकाे अभिनय रहेकाे छ । भिडियोको निर्देशन सुरेशचन्द्र दाहाल र वसन्त बस्नेतले गरेका हुन् । गीतकाे भिडियो इटहरी ३ स्थित खाेर्साने खाप अासपासका क्षेत्रहरूमा छायाङ्कन गरिएको हाे ।  भिडियाे सहित

तपाईको प्रतिक्रिया