उदयपुर – उदयपुरको जिल्लाको बिकट पहाडी लिमचुङबुङ गाउँपालिका ३ बाराहा निसन्टारमा चट्याङको झट्काले एक स्थानीयको पाँच वटा चौपाया (गाई बस्तु) मरेका छन् । शनिबार राति ९ः३० बजेजस्तो समयमा वर्षासँगै परेको चट्याङको झट्काले स्थानीय मदनबहादुर कार्कीका गाई गोरुको ज्यान गएको हो ।
चट्याङले गोठमा बाँधेर राखिएका तीन वटा गोरु र दुई वटा माउ गाई ठाउँका ठाउँ मरेको पीडित कार्कीलाई उद्धृत गर्दै वडाध्यक्ष गुरुमणि कुमाइँले जनाएको छ । वडाध्यक्षका अनुसार राति सबै सुतिसकेका बेला चर्को आबाजले चट्याङ परेको तर, गाई गोरु मरेको कुरा भने घरधनीले विहान मात्र थाहा पाएका थिए ।

वडाध्यक्ष कुमाईसहित प्रहरी टोली घट्नास्थल पुगेर सर्जमिन मुचुल्का तयार गरी मृत चौपायाको दफन गरिएको इलाका प्रहरी कार्यालय लिम्चुङबुङले जनाएको छ । प्रहरीका अनुसार ५ वटा गाई गोरु मर्दा कार्कीलाई कम्तीमा २ लाख बराबरको घाटा भएको प्रारम्भिक अनुमान गरिएको छ ।

 

तपाईको प्रतिक्रिया