त्रियुगाको बजेट १ अर्व ३८ करोड ७७ लाख, तान्त्रिक–बास्तु तथा ज्योतिष विद्या अध्ययन केन्द्र स्थापनाको लक्ष्य

त्रियुगाको बजेट १ अर्व ३८ करोड ७७ लाख, तान्त्रिक–बास्तु तथा ज्योतिष विद्या अध्ययन केन्द्र स्थापनाको लक्ष्य
उदयपुर । त्रियुगा नगरपालिकाको आगामी अनुमानित बजेट १ अर्ब ३८ करोड ७७ लाख रहेको छ । त्रियुगा नगरपालिकाको १७ औं नगर सभाबाट आर्थिक बर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा उपमेयर महेश्वरी राईले उक्त बजेट प्रस्तुत गरेका हुन् । त्रियुगा नगरपालिकाको १७ औं नगर सभामा नगर प्रमुख वसन्त कुमार बस्नेतले नगरको नीति तथा कार्यक्रम सार्वजनिक सँगै बजेट प्रस्तुत गर्नुभएको थियो । नगर प्रमुख बस्नेतले प्रस्तुत गरेको नीति...

चौदण्डीगढीको बजेटमा मुसहर परिवारलाई चाडपर्व खर्च सहित एक अर्ब ३७ करोड विनियोजन

चौदण्डीगढीको बजेटमा मुसहर परिवारलाई चाडपर्व खर्च सहित एक अर्ब ३७ करोड विनियोजन
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले आगामी आर्थिक वर्ष ०८३/८४ का लागि एक अर्ब ३७ करोड नौ लाख पाँच हजार २१२ रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ । मंगलबार सम्पन्न नगरपालिकाको २०औँ नगरसभा बैठकमा उपप्रमुख मणिकादेवी दुलालले उक्त बजेट प्रस्तुत गरेकी हुन् । नगरपालिका प्रमुख कालुमान लामाको अध्यक्षतामा सम्पन्न नगरसभाले पूर्वाधार विकास, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार, सामाजिक...

कटारी नगरपालिकाको बजेट ९७ करोड ४६ लाख

कटारी नगरपालिकाको बजेट ९७ करोड ४६ लाख
उदयपुर । उदयपुरको कटारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा डिजिटल सुशासनलाई प्राथमिकतामा राख्दै ९७ करोड ४६ लाख रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । आइतबार नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित ९७ करोड ४६ लाख ५ हजार ८५६ रुपौयाँको बजेट सार्वजनिक गरिएको हो । जसमा पुँजीगततर्फ १९ करोड ३९ लाख र चालूतर्फ २५ करोड ५१ लाख ४६ हजार ८५६ ...

चौदण्डीगढीका जनताले आजबाट जग्गा रजिष्ट्रेशनदेखि नापी नक्सासम्मको काम बेल्टारबाटै पाउने

चौदण्डीगढीका जनताले आजबाट जग्गा रजिष्ट्रेशनदेखि नापी नक्सासम्मको काम बेल्टारबाटै पाउने
उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले आज असार ५ गते शुक्रबारबाट भूमि प्रशासन सेवा सुचारु गर्ने भएको छ । नगरपालिकाले आज एक औपचारिक कार्यक्रम गरी कार्यालयको उद्घाटन गर्दै सेवा संचालन गर्ने भएको छ । चौदण्डीगढी नगरपालिकाको जनता जग्गा सम्बन्धि कामको लागि गाईघाट सदरमुकाम धाउनु पर्ने अवस्थाको आजबाट अन्त्य भएको छ । संविधानमा व्यवस्था भएको स्थानीय तहको अधिकार क्षेत्र भित्र मध्ये भूमि प्रशासन सम्बन्धि ...

उदयपुरका ८ स्थानीय तहको बेरुजू २ अर्ब १५ करोड ५३ लाख पुग्यो । कुन पालिकामा कति बेरुजू ?

उदयपुरका ८ स्थानीय तहको बेरुजू २ अर्ब १५ करोड ५३ लाख पुग्यो । कुन पालिकामा कति बेरुजू ?
सुखिलाल चौधरी, उदयपुर । महालेखापरीक्षकको कार्यालयले ६३ औँ वार्षिक प्रतिवेदन प्रतिवेदनले उदयपुरका स्थानीय तहमा २ अर्ब १५ करोड ५३ लाख १६ हजार ६ सय ४४ रुपैयाँ ५७ पैसा बेरुजु देखाएको छ । आर्थिक बर्ष २०८१/८२ मा ४ नगरपालिका र ४ गाउँपालिकासहित ८ स्थानीय तहको ११ अर्ब ९७ करोड ७६ लाख ७२ हजार बराबरको लेखापरीक्षण सम्पन्न भएको छ । आव २०८०/८१ सम्म संघ, प्रदेश र स्थानीय सरकार तथा विभिन्न समितिमा सरकारी बेरुजु...

प्रशासनिक कर्मचारीको गैर जिम्मेबारीपनले उदयपुर जिल्ला अस्पताल संकटमा

प्रशासनिक कर्मचारीको गैर जिम्मेबारीपनले उदयपुर जिल्ला अस्पताल संकटमा
उदयपुर । कोशी प्रदेशकै उत्कृष्ट जिल्ला अस्पताल मध्ये एक मानिँदै आएको प्रादेशिक जिल्ला अस्पताल उदयपुर यतिबेला गम्भीर प्रशासनिक, आर्थिक र व्यवस्थापकीय संकटमा फसेको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलनको तयारीमा उत्रिएका छन् । अस्पतालमा अक्सिजन अभावदेखि लिएर आधारभूत परीक्षण सेवा प्रभावित भएको, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले महिनौँदेखि भत्ता नपाएको र बिरामी सेवासमेत प्रभावित हुन थालेको भन...

फलफूलका बिरुवा वितरण

फलफूलका बिरुवा वितरण
उदयपुर । उदयपुरगढी गाउँपालिकाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहलाई फलफूलका बिरुवा वितरण गरिएको छ । गाउँपालिकाका विभिन्न वडामा रहेका १० वटा सामुदायिक वन उपभोक्ता समूहलाई सवडिभिजन वन कार्यालय नेपालटारले ३ हजार ३ सय २२ वटा बिरुवा उपलब्ध गराएको हो । सवडिभिजन वन कार्यालय नेपालटारका वन कर्मचारी महेश रिजालका अनुसार आँप, कटहर, लिचीलगायत विभिन्न प्रजातिका फलफूलका बिरुवा नेपालटारमा वितरण गरिएको हो । र...

नापतौल शिविरमा एक सय ७५ व्यवसायीले लिए सुविधा

नापतौल शिविरमा एक सय ७५ व्यवसायीले लिए सुविधा
उदयपुर -जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा गाईघाटमा सम्पन्न नाप तौल सम्बन्धी शिविरमा एक सय ७५ व्यवसायीले सुविधा लिएको छ । शिविरमा नेपाल गुणस्तर तथा नाप तौल कार्यालय विराटनगरको सेवा गाईघाटमा लिइएको हो । शनिबारदेखि मंगलबारसम्म भएको नाप तौल शिविरमा एक सय ७५ व्यवसायीले गाईघाटमा नाप तौलका सामग्री चेकजाँच, नविकरण र नयाँ दर्ता गरेको जिल्ला उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र कुमार भग...

उदयपुरका पत्रकारले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिए 

उदयपुरका पत्रकारले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिए 
उदयपुर । उदयपुरका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय उदयपुरमा धर्ना दिएका छन् । सरकारी सूचना तथा विज्ञापन वितरणमा रहेको विभेदकारी र स्वेच्छाचारी नीतिको विरोधमा उदयपुरका पत्रकारहरूले बुधबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन् । नेपाल पत्रकार महासंघ उदयपुर शाखाको आह्वानमा आयोजित उक्त कार्यक्रममा पत्रकारहरूले नीतिगत सुधारको माग गरेका छन् । नेपाल पत्रकार महासंघको देशव्यापी आन्दोलन कार्यक्...

उदयपुरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, सह चालक घाइते

उदयपुरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, सह चालक घाइते
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ र ३ नम्बर वडाको सिमानामा पर्ने सेतीढुंगा खहरे खोलामा बुधबार विहान ट्याक्टर दुर्घटना हुँदा चालक चालकको घटना स्थलमै मृत्यु भएको छ । लिम्चुङबुङ गाउँपालिका १ बस्ने स्थानीय ३२ वर्षिय हिमाल राईको मृत्यु भएको छ । म. प्र. ०१९००१ त २८४० नम्बरको ट्याक्टर दुर्घटनामा उनको मृत्यु भएको हो । कात्तिकेबाट ढुङ्गा लोड गरी १ नं. वडा कार्यालयतर्फ जाँदै गरेको अवस्थामा खहरे ख...