चौदण्डीगढी नगरपालिका २ नं. वडा कार्यालयद्वारा ३ हजार ५ सय माक्स वितरण
उदयपुर । चौदण्डीगढी नगरपालिका २ नं.वडा कार्यालयले तीन हजार पाँच सय माक्स वडावासीलाई वितरण गरेको छ । आईतबार एक कार्यक्रम गरी तीन हजार पाँच सय माक्स टोल विकास संस्थामार्फत वडावासीलाई वितरण गरिएको हो । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा सहयोग पुग्ने उद्देश्यले वडावासीलाई माक्स वितरण गरिएको चौदण्डीगढी नगरपालिका २ का वडाध्यक्ष सन्तोष सुवेदीले बताए । उनका अन...













