उदयपुर । विश्व स्वास्थ्य संगठनले नेपाल नोवेल कोरोना भाईरस (कोभिड–१९) को उच्च जोखिममा रहेको संकेत दिएसँगै जिल्ला जिल्लामा उच्च सतर्कता अपनाईएको छ । खुल्ला सिमा र सहज आवागमनकाकारण कोरोना जुनसुकै बेला भित्रिन सक्ने खतरा रहेको भन्दै नेपाल सरकारले प्रदेश, जिल्ला र स्थानीय तहलाई संक्रमण फैलिन नदिन, रोकथाम, नियन्त्रण र सतर्कता अपनाउन निर्देशन गरेअनुरुप तयारी थालिएको हो । तयारी अन्र्तगत जिल्ला विपद् व्यवस्थापन समितिले जिल्ला अस्पताल बोक्सेमा तीन वेडको र कटारी अस्पतालमा दुई वेडको आईसोलेसन वार्ड र हेल्पडेक्सको स्थापना गरेको छ । त्यसैगरी प्राथामिक स्वास्थ्य संस्था बेल्टार र जिल्लाका सबै स्वास्थ्य केन्द्रहरुमा हेल्पडेक्स स्थापना गर्न निर्देशन गरिसकिएको प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष धु्रवबहादुर खड्काले जानकारी दिए ।
नियन्त्रणका लागि जिल्लाका आठ वटै स्थानीय तहमा प्रतिकार्य योजना बनाउने निर्णय गरिएको बताए । उनले भने, ‘कोरोना बारे आबश्यक शतर्कता अपाउने विधी, प्रकृया, फैलि हाले गरिने उपचार पद्धती लगायतका बिषयमा छलफल गरी कार्यान्वयनका लागि सबै तहका स्वास्थ्य संस्थामा पत्राचार गरिससकएको छ ।Õ
बैठकले जिल्ला र स्थानीय तहमा रहेका दु्रत प्रतिकार्य समुहलाई सकृय बनाउन अनुरोध गर्ने र आवश्यक स्वास्थ्य व्यवस्था मिलाउन जिल्ला अस्पतालका प्रमुख डा. जीवनारायण मण्डललाई फोकल पर्सनको रुपमा जिम्वेवारी दिएकोछ ।
त्यसैगरी कोरोना भाईरस नियन्त्रण र सतर्कताका लागि सन्देशमुलक सूचना संचारमाध्यम र प्रचारप्रसार मार्फत प्रवाह गर्ने, जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, चिकित्सक र एम्बेलेन्सहरु तयारी अवश्थामा राख्ने, अत्यावश्यक वाहेक स्वास्थ्यकर्मीलाई विदामा नछोडने निर्णय भएको प्रजिअ खड्काले बताए ।
प्रजिअ खड्काले संक्रमणलाई मध्यनजर गरी सार्वजानिका कार्यक्रम स्थगन गर्ने, पूर्वस्वीकृति लिइएका कार्यक्रमलाई पनि रद्द गर्न अनुरोध गर्ने निर्णय गरिएको बताए । बैठकले प्रजिअ संयोजक रहने गरी स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत, जिल्लाका सबै सुरक्षा प्रमुखहरु, कार्यालय प्रमुख, उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ, नेपाल रेडक्रस सोेसाईटी, गैरसरकारी संस्था महासंघ र स्वास्थ्य कार्यालयका प्रमुख सदस्य सचिव रहने गरी समितिसमेत गठन गरेको सहायक प्रजिअ भिमप्रसाद भट्राईले जानकारी दिए ।
जोखिमको बहानामा हुनसक्ने कालोबजारी, कृतिम अभाव हुन नदिन नियमति बजार अनुगमन गर्ने र त्यस्ता व्यवसाय भेटिए तत्काल कारवाही गर्ने गरी संम्यन्त्रसमेत तयार भएको उनले बताए ।

तपाईको प्रतिक्रिया