उदयपुर । विश्वव्यापी महामारीको रूपमा फैलिदै गरेको नोभेल कोरोना भाइरसको संक्रमण हुनबाट बच्नका लागि त्रियुगा नगरपालिका ११ ले कार्यलयमा सेवा लिन आउने सेवाग्राहिका लागि अनिबार्य साबुन पानीले अनिवार्य हातधुनु पर्ने नियम बनाएको छ । 
भाइरसबाट बच्ने यो एउटा महत्वपुर्ण उपाय भएकोले कार्यालयमा आउने सेवाग्राहिका लागि साबुन पानीको ब्यबस्था गरिएको वडा अध्यक्ष बिश्वराज भट्टराइले जानकारी दिए । उनका अनुसार कोरोना भाइरस मात्र नभएर खानपान तथा अन्य सरूवा रोगबाट बच्न तथा सरसफाइको बारेमा जनचेतना जगाउन पनि यो व्यवस्था गरिएको बताए । स्वास्थ्यका दृष्टिकोणले साबुन पानीले हात धुन फाइदाजनक रहेको भन्दै कार्यालय प्रबेश गर्नु पुर्व अनिबार्य हात धुने व्यवस्था मिलाइएको अध्यक्ष भट्टराइले बताए ।









