वीरगञ्ज । वीरगञ्जका एक प्रतिष्ठित व्यपारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका १० आदर्शनगरका ६७ वर्षीय शिवकुमार रुंगटालाई पटना मेडिकल कलेजमा जँचाउने क्रममा कोरोना संक्रमणको पुष्टि भएको हो ।
भारतबाट सात दिनपहिले नेपाल फर्केका रुंगटा चारदिनअघि अस्वस्थ भएपछि वीरगञ्जको गण्डक अस्पतालमा प्रारम्भिक उपचार गराई थप उपचारका लागि पटना पुगेका थिए । उनको मिर्गौला प्रत्यारोपणा गरिएको थियो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनमा राखिएको छ ।
यता पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले पनि यो विषयको पुष्टि गर्दै ती व्यापारीका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया