विविध कार्यक्रम गरी भिजिट बेलका २०२० को आरम्भ
जयराम पूर्बछाने मगर, उदयपुर । ‘सफा मन, आफ्नोपनः अवश्य गरौं बेलका भ्रमण’ भन्ने नाराका साथ उदयपुरको बेलका नगरपालिकाले भिजिट बेलका २०२० कार्यक्रम सुरु गरेको छ । नगरपालिकाको पर्यटन विकास समितिले बुधबार बेलका–८, सोमबारेमा भव्य कार्यक्रम गरी बेलका भ्रमण वर्षको आरम्भ गरेको हो ।
कार्यक्रममा विभिन्न जातजातिको पहिचान झल्काउने झाँकी प्रस्तुत गरिएको थियो । कार्यक्रमस्थलमा बेलका नगरपालिकामा उत्पादित हस्तनिर्म...













