उदयपुर । चौदण्डीगढी नगरपालिकाले नेपाल भ्रमण वर्ष सन् २०२० को कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले भ्रमण वर्ष मनाउनका लागि करिव ३ सय वर्ष पूरानो ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको चौदण्डीगढी दरबारको भग्नावशेष स्थललाई मुख्य केन्द्रमा राखेर ‘राईड टु चौदण्डीगढी’ ६० किलोमिटर साइकल यात्रा, सागमा पदक जित्ने राष्ट्रिय खेलाडीलाई सम्मान, विभिन्न जातजातिको भेषभुष सहित झाँकी प्रर्दशन तथा साँस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम सार्वजनिक गरेको हो ।
विहान ७ बजे विपी चोकबाट राइट टु चौदण्डीगढी साइकल यात्राको शुभारम्भ गर्नुको साथै चौदण्डीगढी दरबारमा नेपाल भ्रमण वर्षको औपचारिक घोषणा र चौदण्डीगढी दरबारको ऐतिहासिक परिचय सहित राष्ट्रिय खेलाडीहरुको सम्मान लगायतको कार्यक्रम रहेको छ । भ्रमण वर्षको शुभारम्भमा चौदण्डीगढीमा विभिन्न जातजातिहरुको परम्परागत झाँकी प्रदर्शन गर्ने कार्यक्रम समेत रहेको छ ।
कृषि र पर्यटनको माध्यमबाट नगरको पहिचान गर्दै विकास गर्ने लक्ष्य सहित नगर प्रमुख खगेन्द्र राई, उपप्रमुख रीताकुमारी चौधरी र नगर प्रवक्ता रामकुमार खड्काले संयुक्त रुपमा साइकल यात्राको क्रममा प्रयोग गर्ने टिसर्ट ‘राइड टु चौदण्डीगढी’ लेखेको पोसाकको समेत सार्वजनिक गरेको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै मेयर राईले दरबार क्षेत्रमा अर्गानिक तथा स्थानीय परिकारहरुको स्वाद लिन सकिने बताए । हिजो बजारीया खाद्य सामाग्रीमा निर्भर रहेको चौण्डिगढी दरबार क्षेत्रमा स्थानीय उत्पादनलाई प्रवद्र्धनमा नगरपालिका लागि परेको मेयर राईले बताए । स्थानीय उत्पादनलाई विशेष जोड दिएपछि बाहिरबाट ल्याईने पानीको बोतलहरु देख्न नपाईने र होटलहरुमा किन्न र पहुँनालाई पनि स्थानीय उत्पादनका परिकारको स्वाद चखाउने उनले बताए ।
यस्तो छ राइट टु चौदण्डीगढीको रुट
‘राईड टु चौदण्डीगढी’ कार्यक्रममा १ सय २० भन्दा बढी साइकल यात्रीको सहभागिता हुने छ । ‘राइट टु चौदण्डीगढी’ कार्यक्रम विपि चौकबाट सुरु भई विरेन्द्र बजार–सुगाचरी–छुइला झरना–शान्तिबाटीका–भ्यूटावर–चौदण्डीगढी दरबार पुग्ने छ । ऐतिहासिक दरबार क्षेत्रको मनोरम दृश्यावलोकन गराउने लगायत नगरका १० वटै वडका पर्यटकिय स्थलहरुको उजागर गर्दै पहिचान गराई आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने भ्रमण वर्षको उद्देश्य रहेको छ ।
चौदण्डीगढीमा राष्ट्रिय खेलाडी सम्मान तथा साँस्कृति तथा झाँकी प्रर्दशनपछि पुनः साइकल टोली चार भञ्ज्याङदेखि तिन दोभाने–बेलका मन्दिर–कोवाखानी पिक्निक स्पोर्ट–रमिते डाँडा–थानपोखरी–भिमसेन थान लगायतका एतिहासिक तथा पर्यटकिय स्थलहरुको ६० किलोमिटर साइकल यात्रा गर्ने कार्यक्रम रहेको आयोजना गरेको छ ।
‘राईड टु चौदण्डीगढी’ मा एक जना म्याराथुन धावकसहित बिभिन्न जिल्लाका १ सय २० साईकलयात्री सहभागी रहने छन् । साईकल यात्राको क्रममा कीर्तिमानधारी धावक महेन्द्र बज्रचार्यले सहभागिता जनाउने भएका हुन् । बज्रचार्यले साईकलकै गतिमा यात्रा दौडीएर पूरा गर्नेछन् । उनी अन्नपूण र एभ्रेष्ट म्याराथुनका बिजेता हुन् ।
यात्रा पुस १६ गते बिहान ७ः०० बजे बेल्टारस्थित पिपी चौकदेखि शुरु हुनेछ । सोही दिन बेलुका ५ः०० बजे बस पार्कमा राईड टु चौदण्डीगढीको औपचारिक समापनसँगै स्थानीय कलाकारहरुबाट बिभिन्न जातजातिको झाँकी सहित सांस्कृतिक कार्यक्रम रहने बताइएको छ ।
नेपाल भ्रमण वर्ष २०२० : यो पनि पढ्नुस्
चौदण्डीगढी नगरपालिकाले सागमा पदक वित्ने राष्ट्रिय खेलाडीहरुलाई सम्मान गर्ने









