उदयपुर । चौदण्डीगढी नगरपालिका नगर कार्यपालिकाको बैठकले नेपाल भ्रमण वर्ष सन् २०२० को शुरुवात दिन अर्थात जनबरी फस्टमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । चौदण्डीगढी नगर अन्तर्गतका चौदण्डीगढी दरबार लगायत नगरका १० वटै वडामा पहिचान भएका धार्मिक तथा ऐतिहासिक स्थल तथा रमनिय ठाउँहरुमा बाह्य तथा आन्तरिक पर्यटक भित्राउन पर्यटन वर्षको स्वागतको लागि सार्वजनिक विदा दिइएको घोषणा गरेको हो ।
नेपाल सरकारले घोषणा गरेका सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने अभियानलाई सफल बनाउन ‘राइट टु चौदण्डीगढी’ ६० किलोमिटर साइकल यात्रा शुभारम्भ गर्दै १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेत उदयपुरका खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम चौदण्डीगढी दरबारमा रहेकोले सम्पूर्ण नगरबासीलाई उपस्थित हुन नगरपालिकाले सार्वजनिक विदा दिईको हो ।
नगरपालिकाको कार्यालय र माताहातको वडा कार्यालयहरु र नगर क्षेत्र भित्रका शिक्षण संस्थाहरु बन्द रहने नगरपालिकाका प्रवक्ता रामकुमार खड्काले जानकारी दिए ।
सो दिन जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, व्यपारी वुद्धिजीवि तथा सर्वसाधारणलाई चौदण्डीदरबारमा उपस्थित हुन समेत आग्रह गरेको छ ।