काठमाण्डौ । नेपाल गुणस्तर तथा नापतौल विभागले होङसी, बृज र युनाइटेड सिमेन्ट सिमेन्ट मापदण्ड विपरित भएको भन्दै यी उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह नियमावली २०४० को नियम (१६) अनुसार १५ दिनको स्पष्टीकरण सोधिएको विभागका निर्देशक सञ्जीव कुमार ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । 
विभिन्न स्थान र मितिमा गरिएको बजार अनुगमनबाट संकलित नमूनाहरु विभागको प्रयोगशालामा परीक्षण गराउँदा नेपाल गुणस्तर अनुरुप नपाइएको जारी विज्ञप्तिमा उल्लेख छ ।
विभागका अनुसार होङसी, युनाइटेड र बृज सिमेन्टमा गुणस्तर मापदण्ड अत्यन्त नाजुक रहेको निष्कर्ष निकाल्दै विभागका अनुसार होङसीमा इनिसियल सेटिङ आधा घण्टामा हुनुपर्नेमा नरहेको पाइएको नतिजा निकालेका छ ।
यसैगरी वृज सिमेन्टको पिपिसी कम्प्रेसिभ स्ट्रेन्थ २१ एमपिए र आइआर (इन्स्लोबल रेसिड्यू) २९ दशमलब ९ प्रतिशत नेपाल गुणस्तर ३८५ अनुसार नभएको नतिजा निकालेकोमा पीपीसी सिमेन्टमा विभागले आइआर २८ प्रतिशत हुनुपर्ने मापदण्ड तोकेको बताएको छ । युनाइटेड सिमेन्टमा पनि आइआर २ दशमलब ६ प्रतिशत रहेको छ । गुणस्तर मापदण्ड अनुसार आइआर २ प्रतिशत हुनुपर्छ ।
सिमेन्टको गुणस्तरका बारेमा सार्वजनिक लेखा समितिमा महानिर्देशक विश्वबाबु पुडासैनीलाई गम्भीर अनिमितताको आरोप लगाएपछि विभाग कडा रुपमा प्रस्तुत भएको हो ।









