भारतबाट नेपाल स्कारपियो चढेर आउँछन लुटपाट गर्न, एक लुटेरा पक्राउ

भारतबाट नेपाल स्कारपियो चढेर आउँछन लुटपाट गर्न, एक लुटेरा पक्राउ
लहान । सिरहाको गोलबजार नगरपालिका–४ का प्रदिप साहको घरमा लुटपाट गर्न खोज्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार विहान करिव ६ बजे घरको बाहिरी गेट खोलेर निस्कन खोज्दा ६÷७ जनाको समूहमा आएका लुटेराहरु घरभित्र पसेर लुटपाट मच्चाउन थालेका थिए ।तीमध्ये भारत, बिहारको मुधवनी जिल्ला, बाबुवरही थाना, बौसीग्राम पञ्चायतका २१ वर्षीय सन्तोष मण्डल धानुकलाई पक्राउ गरिएको हो । साह घरबाट बाहिर निस्कन खोज्ने ब...

उदयपुरमा सशस्त्र प्रहरीद्वारा ५० केजी अवैध गाँजा बरामद

उदयपुरमा सशस्त्र प्रहरीद्वारा ५० केजी अवैध गाँजा बरामद
उदयपुर । उदयपुरमा सशस्त्र प्रहरीद्वारा मंगलबार राति २ बजेको समयमा अवैध रुपमा ओसारपसार गरिरहेको ५० केजी गाँजा बरामद गरेको छ । उदयपुर र सप्तरीको सिमाना उदयपुरगढी गाउँपालिका ७ कोल्टेबाट उक्त परिणामको गाँजा बरामद गरेको पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् । चार पाँच जनाको समूहमा रहेका गाँजा कारोबारीहरुले सशस्त्र प्रहरीलाई देखेपछि उनीहरु अवैध गाँजा छोडेर भाग्न सफल भएको सशस्त्र प्रहरी बल नेपाल ५ नं. ग...

करदाता सेवा कार्यालय गाईघाटद्वारा ६ महिनामा ३४ करोड बढी कर संकलन

करदाता सेवा कार्यालय गाईघाटद्वारा ६ महिनामा ३४ करोड बढी कर संकलन
उदयपुर । आन्तरिक राजस्व करदाता सेवा कार्यालय गाईघाटले चालु आर्थिक वर्षमा ६ महिना मै ३४ करोड बढी कर संकलन गरेको छ । कार्यालयले लक्ष्य भन्दा बढी कर उठाउने योजना अनुरुप चालु आर्थिकको पौष मसान्त सम्म ३४ करोड २ लाख २४ हजार २०४ रुपैया ७५ पैसा कर संकलन गरेको छ । गत आर्थिक वर्षको पौष मसान्तसम्मा १६ करोड ४९ लाख ९३ हजार २९ रुपैया ४३ पैसा कर संकलन गरेपनि चालु आवको ६ महिनामा १७ करोड ५२ लाख बढी रकम संकलन भएको...

उदयपुरमा ५० हजार पर्यटक भित्र्याउने योजना

उदयपुरमा ५० हजार पर्यटक भित्र्याउने योजना
उदयपुर । उदयपुरमा पर्यटन भित्र्याउने बारे पालिका स्तरीय वृहत छलफल भएको छ । पर्यटन बर्ष २०२० लाई सफल बनाउने भन्दै राष्ट्रिय पर्यटन बोर्ड नेपालले अहिले देशैभर पर्यटन बर्षको तयारी र पर्यटनहरु भित्र्याउने कार्यहरु गरिरहेको छ । उदयपुरमा पनि पर्यटन भित्राउन स्थानीय सरकारहरुले भव्य तयारी गरिरहेको छ । यसै शिलशिलामा जिल्लामा ५० हजार पर्यटन भित्राउने उदेश्यका साथ बिहिबार त्रियुगा नगरपालिकाले समन्वय बैठक तथा...

सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने प्रस्ताव

सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पदार्थको पाइपलाइन बिछ्याउने प्रस्ताव
काठमाडौं । पूर्वी नेपालमा पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न पश्चिम बङ्गालको सिलिगुडीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन नेपालले भारतसमक्ष प्रस्ताव गरेको छ । भारतको नयाँदिल्लीमा बसेको नेपाल–भारत पेट्रोलियम तथा ग्यास ‘जोइन्ट वर्किङ ग्रुप’को बैठकमा नेपालले भारतसमक्ष सो प्रस्ताव गरेको हो । बैठक पुस २७ र २८ गते बसेको थियो । नेपाल–भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको यो पहिलो बैठक...

माघे संक्रान्ति नजिकिएसंगै बजारमा बढ्यो कन्दमुलको व्यापार

माघे संक्रान्ति नजिकिएसंगै बजारमा बढ्यो कन्दमुलको व्यापार
उदयपुर । माघे संक्रान्तिको चहल पलह बजारमा ह्वात्तै बढेको छ । स्थानिय बजारमा तरुल र सखरखण्डको व्यापार ह्वात्तै बढेको छ । अरु समयमा गाईघाटका बजारहरुमा किन्न खोज्दा पनि पाउन मुस्कील पर्ने सिमल तरुल, स्कूसका जरा, वन तरुल, हात्तीपाइले तरुल, पानी तरुल, सखरखण्ड लगायत माघे संक्रान्ति आएसंगै बजारका चोक चोकमा बेच्नको लागि प्रसस्त राखेको देखिएको छ । बजारका प्रत्येक चोक तथा तरकारी पसलहरुमा विक्रिको ला...

उपाध्यक्षको गलत र भ्रामक अभिव्यक्ति प्रति उदयपुर मोवाइल व्यवसायी संघको ध्यानाकर्षण

उपाध्यक्षको गलत र भ्रामक अभिव्यक्ति प्रति उदयपुर मोवाइल व्यवसायी संघको ध्यानाकर्षण
उदयपुर । उदयपुर मोबाइल व्यवसायी संघ तदर्थ समितिका उपाध्यक्ष ध्रुब प्रसाद पोखरेलको गलत र भ्रामक अभिव्यक्ति प्रति मोबाइल व्यवसायीहरु रुष्ट भएका छन् । विहिबार  उपाध्यक्ष पोखरेलद्वारा विज्ञप्तीमार्फत पदबाट राजीनामा   दिँदै विभिन्न संचारमाध्यममा आएको समाचार संस्थाको मर्यादामाथि समेत आँच आउने गलत र भ्रामक अभिव्यक्ति प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै शुक्रबार संघका अध्यक्ष कोषराज दाहाल (कौशल) र महासचिव...

साढे १ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट २ जना भारतीय पक्राउ

साढे १ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट २ जना भारतीय पक्राउ
काठमाडौं– त्रिभुवन विमानस्थलबाट तस्करीको १ किलो ६ सय ग्राम सनुसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । २ जना भारतीयलाई अर्धठोस सुन १ किलो ६ सय ग्रामसहित पक्राउ गरिएको प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ । पक्राउ पर्नेमा राहदानी नम्बर आर–५०७०३२२ वाहक ३९ वर्षीय मोहम्मद काशिफ र राहदानी नम्बर जे–८६१९१८३ वाहक ४० वर्षी मोद मुशर्फिन छन् । पक्राउ परेकामध्ये मोहम्म क...

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलको ७४ हजार ५ सय

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलको ७४ हजार ५ सय
काठमाडौं । सुनको भाउ फेरि बढेको छ । साताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलाको ७४ हजार ५ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको आजको सुनचाँदीको भाउअनुसार शुक्रबारमात्रै सुनको भाउ एक हजार रुपैयाँ बढेको हो । बुधबार तोलामा ७३ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो । चाँदीको भाउ भने आज पनि घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ९ सय ...

उदयपुर मोवाइल एशोसियशनका उपाध्यक्षद्वारा राजीनामा

उदयपुर मोवाइल एशोसियशनका उपाध्यक्षद्वारा राजीनामा
उदयपुर । उदयपुरका मोबाइल एशोसियशनका उपाध्यक्षले राजीनामा दिएका छन् । उदयपुरको सदरमुकाम गाईघाटमा भरखरै गठन भएको समितिको उपाध्यक्ष पदबाट ध्रुव मोबाइलका संचालक धु्रुव प्रसाद पोखरेलले राजीनामा दिएको विज्ञप्ती मार्फत जनाएको छ । उनले व्यापार जहिले पनि प्रतिष्प्रधात्क हुनु पर्ने र उपभोक्ताको सहज मूल्यमा सामान पाउनु पर्ने विज्ञप्तीमा जनाएको छ । उनले मोबाइल विक्रीमा दर रेट कायम गरेको प्रति असन्तुष्ट जनाउँ...