एकै परिवारका तीन जनाको हत्यारालाई आजिवन काराबासको सजाय
उदयपुर - गत भदौ १७ गते एकै परिवारका तीन जनाको विभत्स हत्या गर्ने उदयपुरको बेलका नगरपालिका–७ गोभाटारका ४५ वर्षिय नरबहादुर बस्नेतलाई आजिवन कारावासको सजायको फैसला भएको छ । जिल्ला अदालत उदयपुरको ३ नं. वेन्चका न्यायधिश नवराज दुलालको विहिबारको एकल इजालसले पिडित पक्षको माग दावी बमोजिम बस्नेतलाई आजिवन कैदको सजाय सुुनाएको हो ।
मुलुकी अपराध संहिता अन्तर्गत जिवित रहेसम्म कैद गर्ने गरी सजाय फैसला भएको जिल्ला...













