उदयपुर । उदयपुरमा श्रीमतिको हत्या आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका ७ नागबेली बस्ने ३१ बर्षे सन्तोष भन्ने पिटर राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) रमेश थापाका अनुसार मंगलबार राति श्रीमान पिटरको कुटपिटबाट उनकी श्रीमती २९ बर्षीया छबिमाया राईको मृत्यु भएको हो । दशै मनाउन भन्दै पाहुनाको रुपमा त्रियुगा नगरपालिका ५ श्रीपुरस्थित दिदीको घरमा आएका उनीहरु बिच सामान्य विवाद हुँदा पिटरले श्रीमतीमाथि प्रेसर कुकर प्रहार गरेको एसपी थापाले बताए ।

प्रेसर कुकरको प्रहारबाट भान्सा कोठामा सुतिरहेकी छबिमाया गम्भिर घाईते भएकी थिईन् । उनलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटना पश्चात प्रेसर कुकर प्रहार गर्ने पिटरलाई नियन्त्रणमा लिएको र शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको एसपी थापाले बताए ।

 

 

तपाईको प्रतिक्रिया