उदयपुरमा चट्याङ लागेर बालकको मृत्यु

उदयपुरमा चट्याङ लागेर बालकको मृत्यु
उदयपुर - उदयपुरको कटारी नगरपालिकामा चट्याङले लागेर एक बालकको मृत्यु भएको छ । मंगलबार बिहान ९ बजे बर्षासँगै परेको चट्याङले लागेर वडा नं १२ चिलाउनेका निमा तामाङको १२ बर्षीय छोरा खड्ग बहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । लगातार बर्षात भईरहेको बेला गाईगोठमा ओत लागेर बसेको खड्गमाथि एक्कासी चट्याङ पर्दा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी न...

जीवन विकास लघुवित्तबाट पीडित र प्रहरी विच झडप हुँदा ४ सेल अश्रु ग्यास प्रहार, तीन जना घाइते

जीवन विकास लघुवित्तबाट पीडित र प्रहरी विच झडप हुँदा ४ सेल अश्रु ग्यास प्रहार, तीन जना घाइते
जीवन विकास लघुवित्तबाट  पीडितहरु रातभर जाग्रम बसेर आन्दोलन उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा अवस्थित जीवन विकास लघुवित्त संस्थाबाट पीडित प्रदर्शनकारी र प्रहरी बिच झडप भएको छ । जीवन विकास लद्युवित्त वित्तिय संस्था लिमेटेडबाट पीडितहरुको बैठकले पठाएको पत्र संस्थाले नबुझेको भन्दै प्रदेश नं.१ संघर्ष समितिले चर्को विरोध गर्दै गरेको छ । विगत ३० वर्ष देखिको राजयसत्ता संचालकहरुले सामाजिक र आर्थिक उन्नती...

जबरजस्ती करणीका आरोपी पक्राउ

जबरजस्ती करणीका आरोपी पक्राउ
उदयपुर - उदयपुरमा जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गत बैशाख १३ गते एक १४ वर्षिय बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका सुरुङ्गा नगरपालिका ३ चहका घर भएका ३० वर्षिय श्रवण श्रेष्ठलाई प्रहरीले विहिबार पक्राउ गरेको हो । त्रियुगा नगरपालिका ६ लालपत्तामा लुकीछिपी हिडिरहेका अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले ज...

उदयपुरमा टिफरको ठक्करबाट एक बालिकाको मृत्यु, स्थानीयद्वारा टिफरमा आग्जनी

उदयपुरमा टिफरको ठक्करबाट एक बालिकाको मृत्यु, स्थानीयद्वारा टिफरमा आग्जनी
उदयपुर - उदयपुरमा टिफरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । टिफरको ठक्करबाट बेलका नगरपालिका ४ लालबजारका नवराज राना मगरको ४ वर्षिय छोरी एन्जिला राना मगरको मृत्यु भएको हो । मदन भण्डारी राजमार्ग अन्तर्गत बेल्टारबाट रामपुर तर्फ जाँदै गरेको मधेश प्रदेश २–०३–०००१ ख ४३०९ नम्बरको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिफर र टिफर चालक कटारी नगरपालिका २ का २३ वर्षिय टुकरा...

सामाजिक संजालमा चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोह पक्राउ

सामाजिक संजालमा चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोह पक्राउ
उदयपुर - उदयपुरमा चिठ्ठा प¥यो भनी ठगी गर्ने समूहका तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले सामाजिक सञ्जालबाट चिठ्ठा प¥यो भनेर ठगी गर्ने समूहका तीन जनालाई पक्राउ गरेको हो ।विभिन्न स्थानका सोझासाझा मानिसलाई चिट्ठा प¥यो भन्दै रकम असुल गर्ने गिरोहका तीन अभियुक्तलाई पक्राउ गरेर ठगी तथा आपराधिक लाभ (एक्सटर्शन) सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ । उनीहरूले दुई महिनाभित्र २२ लाखभन्दा...

चोरीको मोटरसाईकल सहित एक जना पक्राउ

चोरीको मोटरसाईकल सहित एक जना पक्राउ
उदयपुर - उदयपुरमा चोरीको मोटर साइकल सहित एक जना पक्राउ परेको छ । मोटर साइकल चोरीको आरोपमा त्रियुगा नगरपालिका १२ बस्ने २८ वर्षिय राकेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १४ गते रातिको समयमा त्रियुगा नगरपालिका १२ मुना राउतको घर बाहिर पार्किङ गरि राखेको स ९ प ४४०७ नम्बरको प्लसर मोटर साइकल हराएको थियो । उक्त मोटर साइकललाई चौधरीले नम्बर परिवर्तन गरि बा ६ प ३१७२ बनाएर लुकाइ छिपाइ आफ्नै घरमा राखेक...

उदयपुरगढीको हाडेबासमा भिषण आगलागी

उदयपुरगढीको हाडेबासमा भिषण आगलागी
उदयपुर - उदयपुरको उदयपुरगढी गाउँपालिका ७ हाडेबासमा भिषण आगालागी भएको छ । बिहीबार बिहान ७ः४५ बजे विद्युत सर्ट भई आगलागी हुँदा हालसम्म एक घर सहित ७ गोठ जलेर नष्ट भएको छ । कृषि मिटर सर्ट भई शुरु भएको आगलागी गाई गोठहुँदै चोक बहादुर केप्छाकी मगरको घर र गाई जलेर नष्ट भएको उदयपुरगढी गाउँपालिका ७ का वडाध्यक्ष भुवन केप्छाकी मगरले जानकारी दिए । उनका अनुसार कृषि मिटर सर्ट भई शुरु भएको आगो हावा चलेपछि गाई ...

बेलका नगरपालिकाका बहुमत सामुदायिक वन उपभोक्ता समितिहरु महासंघकोे कार्य प्रति असन्तुष्ट

बेलका नगरपालिकाका बहुमत सामुदायिक वन उपभोक्ता समितिहरु महासंघकोे कार्य प्रति असन्तुष्ट
उदयपुर । सामुदायिक वन उपभोक्ता महासंघ उदयपुर प्रति बेलका नगरपालिका अन्तर्गतका अधिकांश वन समूहहरुले असन्तुष्टी जनाएको छ । बेलका नगरपालिका अन्तर्गत रहेका ५२ सामुदायिक वन उपभोक्त समितिहरु मध्ये ३२ बढी समूहका पदाधिकारीहरुले एक विज्ञप्तीमार्फत सामुदायिक वन उपभोक्ता महासंघ उदयपुरप्रति असन्तुष्टी जनाएको छ । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा उदयपुरको बैशाख २४ गतेका लागि बेलका नगर स्तरीय सामुदायि...

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको क्यालेण्डर विमोचन (क्यालेण्डर सहित)

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको क्यालेण्डर विमोचन (क्यालेण्डर सहित)
उदयपुर - जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको सूचना संचार तथा प्रचार प्रसार उपसमितिले प्रकाशन गरेको २०८० सालको क्यालेण्डरको विमोचन पर्यटकको नयाँ गन्तव्य लिम्चुङबुङ गाउँपालिकामा गरेको छ । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा कर कानून, उपभोक्ता सरोकार, उद्योग व्यवसाय संचालन तथा व्यवस्थापन सम्बन्धि अन्तक्रिया कार्यक्रममा २०८० सालको क्यालेण्डर गाउँपालिका अध्यक्ष मेजर राईको प्रमुख अतिथ्यतामा विमोच...

निवर्तमान गाउँपालिका उपाध्यक्षको अध्यक्षतामा लिम्चुङबुङ उद्योग वाणिज्य संघ गठन

निवर्तमान गाउँपालिका उपाध्यक्षको अध्यक्षतामा लिम्चुङबुङ उद्योग वाणिज्य संघ गठन
उदयपुर - पर्यटकको नयाँ गन्तव्य लिम्चुङबुङ गाउँपालिकामा निर्वतमान उपाध्यक्ष रमिला राईको अध्यक्षतामा लिम्चुङबुङ उद्योग वाणिज्य संघ गठन भएको छ । कर कानून, उपभोक्ता सरोकार, उद्योग व्यवसाय संचालन तथा व्यवस्थापन सम्बन्धि अन्तक्रिया तथा क्यालेण्डर विमोचन कार्यक्रममा निर्वतमान गाउँपालिका उपाध्यक्ष रमिला राईको नेतृत्वमा लिम्चुङबुङ उद्योग वाणिज्य संघ गठन गरेको हो । रमिला राई २०७४ सालको स्थानीय तहको निर्वाच...