उदयपुर । बरुवा बसपार्कमा त्रियुगा उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो प्रदेश महोत्सव स्थलबाट तीन मोटर साइकल चोरी भएको छ । त्यहाँ संञ्चालन भईरहेको दोस्रो प्रदेश महोत्वमा गएकाहरुको मोटर साइकल चोरी भएको छ ।

त्रियुगा नगरपालिका ३ मोतिगडाका अर्विन चौधरीको प्रदेश १–०५–००१–प ७३२९ नम्बरको टु ट्वान्टी फल्सर मोटरसाईकल महोत्सवबाट स्थलबाटै गएराति चोरी भएको छ ।
यस्तै त्रियुगा नगरपालिका १० बोक्सेका मनोज तिम्लसिनाको प्रदेश १–०५–००१ प ९४४५ नम्बरको टु ट्वान्टी रातो कालो पल्सर मोटर साइकल चोरी भएको छ ।
उनीहरु दुवैले मोटर साइकल हराएको भन्दै जिल्ला प्रहरी कार्यालय उदयपुरमा महोत्सव हेर्न जाने क्रममा राति चोरी भएको हो ।

यसअघि गत शुक्रबार राति महोत्सव हेर्न गएका उदयपुरगढी गाउँपालिका ६ नेपालटारका का ३४ बर्षिय मोहन कुमार मगरको प्र १–०५–००१ प ६२१८ नं को टु ट्वान्टी पल्सर मोटरसाईकल महोत्सवबाट हराएको थियो । मगरले मोटरसाईकल पार्किङ गरी महोत्सव भित्र छिरेको र महोत्सव सकिएसँगै बाहिर निस्कदा राखेको ठाउँमा मोटरसाईकल नभएको जनाए ।

मगरको मोटर साइकल महोत्सव स्थलबाट चोरी हुँदा उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष जीत बहादुर खड्काले आफ्नो फेसबुक स्टाटस लेख्दै यस्तो टिप्पणी गरेका थिए ।
‘गए राति उदयपुरगढी–६ निबासी मोहन मगर (नवराज) को त्रियुगा नपा र त्रियुगा उद्योग बाणिव्य संघको समन्वयमा जिप्रका उदयपुरले सन्चालन गरेको सचेतना मुलक कार्यक्रम “म दुर्व्यसनमा लाग्दिन’’ नामक कार्यक्रम चलि रहँदा पार्किङमा राखिएको यो मोटर साईकल चोरि भएको छ । उक्त कार्यक्रममा नेपाल प्रहरीका एआईजि, डिआईजि, प्रजिअ, स्थानिय सरकारका प्रमुखहरु, सेनाका बाहिनीपति, गणपति, जिल्ला स्थित सबै सुरक्षा निकाएका प्रमुखहरु ठुलो संंख्यामा सुरक्षा दस्ताको उपस्थिति रहेको थियो । भन्दा पनि लाज मान्नु पर्ने अबस्था भन्दै उपाध्यक्ष खड्काले टिप्पणी गरेको छ ।

निर्धारित समय भन्दा दुई अढाई घण्टा बढी समयसम्म महोत्सव चल्दा मोटर साइकल चोरी हुने गरेको र ग्याङ्ग फाइटहरु समेत हुने गरेको छ ।

यस विषयमा त्रियुगा उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रशुराम चौधरीले निर्धारित समयभन्दा बढी समयसम्म महोत्सव संचालन भएको र दिनमै झगडा तथा चार पाँच पटकसम्म ग्याङ्ग फाइट समेत हुने गरेको स्वीकार गरेको छ ।

तपाईको प्रतिक्रिया