उदयपुर । उदयपुरमा एक स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । त्रियुगा नगरपालिका– ५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी स्कुलका विद्यार्थी अभिभावक बोकेको बस शनिबार दुर्घटनामा परेको हो ।

मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ७ जोगीटोल अँधेरी खण्डमा प्र १०५००१ ख ००४४ नम्वरको बस दुर्घटना भएको थियो । अझेरी झर्नामा पिकनिक खाएर फर्किने क्रममा बस दुर्घटना भएको थियो ।

दुर्घटनामा चालक ४० वर्षिय भिखन चौधरी, विद्यार्थी ११ वर्षिय विकास चौधरी र ७ वर्षिय सुमित्रा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हरिन्नद चौधरीले बताए । मृतक विकास र सुमित्रा दाजु बहिनी हुन् ।
चौधरीका अनुसार दुर्घटनास्थलबाट उद्धार गरी घाइतेहरुलाई जिल्ला अस्पताल गाईघाटमा उपचार गरी ११ जना गम्भिर घाइतेलाई जिल्ला बाहिर रेफर गरिएको छ ।
गम्भिर घाइते हुनेहरुमा १८ वर्षिय नारायण चौधरी, १८ वर्षिय नरेश चौधरी, १५ वर्षिय चण्डीका चौधरी, ४५ वर्षिय सत्य नारायण चौधरी, ११ वर्षिय अनुस्का चौधरी, १२ वर्षिय सोस्तिका चौधरी, ११ वर्षिय रोहन चौधरी, १० वर्षिय रामवति चौधरी, १३ वर्षिय सिद्धार्थ चौधरी, ११ वर्षिय प्रेम चौधरी र १३ वर्षिय गंगा चौधरी रहेको छ । उनीहरुलाई विराटनगर रेफर गरिएको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरुमा सुरज चौधरी, टुप्पी परियार, अनु कुमारी चौधरी, सदिक्षा चौधरी, आरयन चौधरी, अनिषा चौधरी, कल्पना चौधरी, नारायण चौधरी, रामप्रसाद चौधरी, सविना चौधरी, फुयल चौधरी, रोषण चौधरी, राम शरण चौधरी, सोजिया चौधरी, शंकर चौधरी, गंगा चौधरी, आशिका चौधरी, विशाल चौधरी, आशिष चौधरी, रामानन्द चौधरी रहेको प्रहरीले जनाएको छ ।

ब्रेक फेल भएर बस दुर्घटना भएको एक घाइतेले जनाएको छ । घटना बारे थप विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया