जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार बर्मी घर भई कटारी–४ कान्छी बजारमा कोठा भाडामा बस्दै आएका विशाल तामाङले कोठामा लागुऔषध ओसार–पसार तथा बिक्रि वितरण गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरिएको हो ।
ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी सहायक निरिक्षकको टोलीले कोठा खनतलासी गर्दा Tramadol-७० चक्कि, Spaspain-१३० चक्कि, Poland (गाँजाको चोप र केमिकल मिसावट) १२६ ग्रामग्राम बरामद भएसँगै तिनै जनालाई नियन्त्रणमा लिएको डिएसपी चौधरीले बताए । पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय कटारीमा ल्याई जिल्ला अदालतबाट १२ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।