उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ अधेरी झर्नामा भएको माईक्रो दुर्घटनामा १८ जना घाईते भएको छ । काठमाडौँ देखि झापा तर्फ जाँदै गरेको प्र.१–०२०००४ क २०७६ नं को हायस सोमबार दिउँसो पछाडीको टायर खुस्किदा दुर्घटना भएको थियो । टायर खुस्किएर अनियन्त्रित भएको माईक्रो सडक छेउ दाईने साईडको सालको रुखमा ठक्कर खाएर दुर्घटना भएको थियो । उक्त माईक्रोमा सवार १८ मध्य दुई जना गम्भीर घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घाइते मध्ये चालक सिन्धुली सुनकोशी गापा ५ बस्ने बर्ष २३ को सागर ठकुरी र झापा पाँचथर फिदिमका ७२ वर्षिय बलविर बि.क.को अवस्था गम्भीर घाईते भई विराटनगर न्यूरो रेफर गरिएको जिल्ला ट्राफिक प्रहरी उदयपुरका प्रमुख लोकबहादुर दियालीले जानकारी दिएका छन् ।

अन्य घाइतेहरु सामान्य रहेको छ । घाईते हुनेहरुमा ईलाम सुर्यदय न.पा. ९ बस्ने बर्ष ४० की रेणुका गौताम, निजको छोरा बर्ष १५ को अनुपम आचार्य, झापा शिवसता सिधाम न.पा. १ बस्ने बर्ष ३० को निर्देश भट्टराई, निजको बहिनी बर्ष १४ की निकिता, सुनसरी बराह्रक्षेत्र न.पा. ५ बस्ने बर्ष ३९ को भिम कुमार खत्री, झापा मेची न.पा १० धुलावारी बस्ने बर्ष ३९ की भारती कार्की, निजको छोरा बर्ष १२ को संयम कार्की, जिल्ला मोरङ पथरी न.पा.बस्ने बर्ष १४ को निरज निरौला, ललितपुर गोदावारी न.पा.११ बस्ने बर्ष ४७ को बिजय तामाङ, जिल्ला धनकुटा न.पा. ७ हुलाकटोल बस्ने बर्ष ४७ को रजित श्रेष्ठ, कन्चपुर भिमदत्त न.पा. १० बस्ने बर्ष ३४ को मुकेश चन, झापा धुलाबारी बस्ने अं. बर्ष २७ की अन्जु पोख्रेल, धनकुटा सागुरीगढी गा.पा. ६ बस्ने बर्ष १८ को रोशन राई, सुनसरी धरान उ.प.न.पा. १७ बस्ने बर्ष ३० को बिनोद राई, सुनसरी झापा कंकाई न.पा. ४ बस्ने बर्ष ३४ को प्रनिश श्रेष्ठ र भक्तपुर सुर्यविनाय न.पा. वडा न. नखुलेको देवि दाहालको छोरी वर्ष ८ की आरध्या दाहाल घाईते भएको हो ।

सामान्यहरुको जिल्ला अस्पताल उदयपुरमा उपचार गरि रेफर गरिएको छ ।

 

तपाईको प्रतिक्रिया