उदयपुरमा चिसोले कठ्याङ्ग्रिएर एकको मृत्यु
उदयपुर । चिसोले कठ्याङ्ग्रिएर उदयपुरमा एक जनाको ज्यान गएको छ । त्रियुगा नगरपालिका ११ स्थित डिएमगेट मेन चोक सडक खण्ड अन्तर्गत त्रियुगा नमुना मावि गाईघाटको पुरानो भवन सडकमा ओत लागि मागेर हिँड्ने एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रियुगा नगरपालिका ११ का ५६ वर्षिय लक्ष्मण भुजेल रहेको प्रहरीले जनाएको छ । सडकमा मागेर हिँड्ने ती व्यक्तिको मृत्यु अत्याधिक चिसोका कारण भएको जिल्ला प्रहरी कार्यालय उदय...













