उदयपुर । उदयपुरको बेलका नगरपालिकामा मानव वेचविखन तथा आसारपसार गरेको आरोपमा एक जना पक्राउ परेको छ । परिवर्तित नाम यु कुमारीलाई राम्रो जागिर लगाईदिन्छु भनि भारतमा पुर्‍याई वेचविखन गरेको आरोपमा पक्राउ परेको हो ।
पक्राउ पर्नेमा बेलका नगरपालिका ३ बस्ने ३५ वर्षिय घुरन माझी रहेको प्रहरीले जानकारी दिए । उनी विरूध २०७४ साल कार्तिक १ गते मानव वेचविखन तथा ओसारपसार मुद्दा दर्ता भई लुकिछिपी बसेको आरोपमा पक्राउ परेको हो । उनी विरूध आवश्यक अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया