उदयपुर । उदयपुरको सदरमकाम गाईघाटबाट लागु औषाध ३ युवक जना पक्राउ परेको छ । पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका वडा नं. ११ टेम्पु चोक बस्ने १७ बर्षिय रविन राई, सोहि ठाँउ बस्ने २६ बर्षिय प्रभात राई र १९ बर्षिय सन्देश राउत रहेका छन् ।
प्रहरीले चेकजाचँ गर्ने क्रममा उनीहरुको साथबाट डाईजोल्याव १३ एम्पुल, नफिन १४ एम्पुल र फेनेरागन ९ एम्पुल गरी जम्मा ३६ एम्पुल, २ थान मोवाईल र एक थान डिएसएलआर क्यामरा समेत बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले जानकारी दिए।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको बिषेश टोलीले सोमबार साँझ गाईघाटको टेम्पो चोकबाट पक्राउ गरेका थिए ।

 

 

तपाईको प्रतिक्रिया