भयानक दुर्घटना ६ को मृत्यु, २० घाइते
नवलपुर । पूर्वपश्चिम राजगार्गअन्तर्गत नवलपरासीका विभिन्न तीन स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कम्तीमा २० घाइते भएका छन् । घाइतेको विवरण बढ्न सक्ने प्रहरीले जनाएको छ । रातिको समयमा तीन स्थानमा दुर्घटना भएकाले कतिपय आफैँ उपचारमा गएको हुनसक्ने भएकाले घाइतेको विवरण बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनु...













