काठमाडौं । आज कोजाग्रत पूर्णिमा अर्थात बडा दशैँको अन्तिम दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजाअर्चना गरी मनाइँदै छ ।
घटस्थापनादेखि विभिन्न शक्ति स्वरुपा देवीको पूजा आरधना गरी शुरु भएको बडा दशैँ कोजाग्रत पूर्णिमामा समापन गर्न लागिएको हो ।
आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् बडा दशैँ पर्व नेपालीले आदरणीय व्यक्तिहरुबाट टीका तथा आशिर्वाद लिई मनाउने गरिन्छ ।
कोजाग्रत पूर्णिमाको दिन साँझमा महालक्ष्मीको पूजा आराधना गरि राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमको भनाइ छ।









