जुवा खालबाट २ लाख २१ हजार सहित ५ जना पक्राउ

जुवा खालबाट २ लाख २१ हजार सहित ५ जना पक्राउ
लहान । सिरहामा जुवा तासको खालबाट आइतबार राति १० बजेको समयमा २ लाख २१ हजार ४ सय ४५ रुपैया सहित ५ जना पक्राउ परेको छ । सुखिपुर नगरपालिका ८ स्थित विवेक सप्लायर्स कोल्ड स्टोर एण्ड होटलमा तास जुवा खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुखिपुर नगरपालिका ८ का ४० वर्षिय रंजित साह सोही ठाउँका ४२ वर्षिय नागेश्वर चौधरी, ५५वर्षिय राजित साह, ४० वर्षिय राम किशुन महत्तो र अर्का ४...

अलपत्र यात्रुलाई अटो चालकहरुको सहयोग

अलपत्र यात्रुलाई अटो चालकहरुको सहयोग
उदयपुर । बेखर्ची भई अलपत्र परेका यात्रुलाई यहाँका अटो चालकहरुले रकम जुटाई सहयोग गरेका छन् । बेखर्ची भई त्रियुगा बस पार्कमा अलपत्र भएकी ओखलढुंगाकी महिला विष्णु गिरीलाई सिटी स्टार प्रा.लि.मा आवद्ध अटो चालकहरुले आइतबार रकम जुटाई सहयोग गरेका हुन् । तीन बालबालिकासहित अलपत्र परेकी उनलाई चालक तथा व्यावसायीहरुले आ–आप्mनै पहलमा सय, पचास रुपैयाको दरले रकम जुटाई एक हजार तीनसय रुपैया सहयोग दिए । हेर्दा सामान...

गाउँपालिका अध्यक्षमाथि गोली प्रहार

गाउँपालिका अध्यक्षमाथि गोली प्रहार
काठमाडौ । अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउद माथि गोली प्रहार भएको छ । अध्यक्ष साउदमाथि गाउँपालिकाको वडा नम्बर ३ मुजाबगरस्थित कोठामा आइतबार साँझ गोली प्रहार भएको डिएसपी जनक शाहीले बताए । गोली प्रहार गर्ने ३ जना फरार भएका छन्। गोली प्रहार गर्नेहरू प्रहरीले लखेट्दा लखेट्दै कैलाश खोलामा हाम फालेर भागेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ । घाइते साउदलाई उपचारको लागि सा...

गर्भपतनका औषधि चिकित्सकको स्वीकृति वेगर जथाभावी बिक्री

गर्भपतनका औषधि चिकित्सकको स्वीकृति वेगर जथाभावी बिक्री
उदयपुर । सरकारले नयाँ रणनीति बनाएर शल्यक्रियाको तुलनामा सुरक्षित र छिटो मानिने औषधिबाट गरिने गर्भपतन (मेडिकल एबर्सन) को गलत प्रयोग रोक्न खोजेको थियो । तर ग्रामीण क्षेत्रमा गर्भपतनका औषधिको बिक्री अनियन्त्रित बनेको छ । मुलुक संघीयतामा गएसँगै स्वास्थ्य सबै अधिकार स्थानीय तहलाई छ । औषधि र स्वास्थ्य संस्था दर्ता, दर्ता खारेजी, नवीकरण, नियन्त्रण र कारबाही प्रदेश र स्थानीय तहले गर्ने भनिएको छ । तर, प्र...

कुटपिट र वन मुद्धाका फरार प्रतिबादि पक्राउ

कुटपिट र वन मुद्धाका फरार प्रतिबादि पक्राउ
उदयपुर । कुटपिट र वन मुद्धाका फरार प्रतिवादी शुक्रबार पक्राउ परेका छन् । त्रियुगा नगरपालिका ७ बस्ने टोप बहादुर दनुवार पक्राउ परेको छ । कुटपिट र वन मुद्धामा फरार प्रतिवादीलाई जिल्ला अदालतले १ महिना ६ दिन कैद सजायको फैसला गरेको थियो । उनलाई चौदण्डीगढी नगरपालिका ९ इकराहा टोलबाट पक्राउ परी जिल्ला अदालतमा पेश गरी कैद भुक्तानको लागि जिल्ला कारागार पठाएको प्रहरीले जनाएको छ ।

उदयपुरमा ६ बर्षिय बालिका बलात्कार गरेको आरोपमा गणेश गिरी पक्राउ

उदयपुरमा ६ बर्षिय बालिका बलात्कार गरेको आरोपमा गणेश गिरी पक्राउ
उदयपुर / उदयपुरमा ६ वर्षिय बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेको छ । कटारी नगरपालिका– ३, राजाबासमा ६ वर्षिय बालिकालाई बलात्कार गरेको अभियोगमा सोही ठाउँका १९ वर्षिय गणेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ । घरमा कोही नभएको मौका छोपी गिरीले बालिकालाई बलात्कार गरेको जाहेरी दर्ता भएपछि ईलाका प्रहरी कार्यालय कटारीले पक्राउ गरेको हो । पक्राउ परेको गिरीलाई जिल्ला अदातलबाट म्याद थप गरि अनुसन्...

उदयपुरमा श्रीमानले श्रीमतिको गुप्ताङ्गमा घोचो घुसारेर हत्या

उदयपुरमा श्रीमानले श्रीमतिको गुप्ताङ्गमा घोचो घुसारेर हत्या
उदयपुर / उदयपुरमा एक पुरुषले श्रीमतीको गुप्ताङ्गमा घोँचो घुसारेर हत्या गरेका छन् । उदयपुरगढी गाउँपालिका ५ मौवासीका ४५ वर्षीय रमेश राईले श्रीमतीको हत्या गरेका हुन् । राईले ‘परपुरुषसँग सम्बन्ध राखेको’ भन्दै श्रीमती ३४ वर्षीया सुभन्द्रा बुढाथोकीको गुप्ताङ्गमा घोँचो घुसारेर हत्या गरेको प्रहरीले जनाएको छ । गुप्ताङ्गमा घोँचो घुसारे लगत्तै सुभन्द्राको मृत्यु भएको हो । श्रीमतीको हत्यापछि राईलाई इलाका प्र...

न्याधीसका चालक १ लाख १० हजार घुससहित पक्राउ

न्याधीसका चालक १ लाख १० हजार घुससहित पक्राउ
सिरहा । जिल्ला अदालत सिरहामा कार्यरत एक न्यायाधीशका सवारी चालक घुससहित पक्राउ परेकन छन् । सवारी चालक वृजमोहन यादवलाई १ लाख १० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका यादव इजलास ३ का न्यायाधीश नरनारायण पौडेलका सवारी चालक हुन् । आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई सिरहा सदरमुकामस्थित खड्ग होटलबाट पीडितसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ ...

क्यान सुनसरीमा पूर्व सचिव अधिकारीको यस्तो हर्कत, मिडियाको चरम दुरुपयोग

क्यान सुनसरीमा पूर्व सचिव अधिकारीको यस्तो हर्कत, मिडियाको चरम दुरुपयोग
ईटहरी । कम्प्युटर एशोसिएसन सुनसरीको नेतृत्वमा आफु पराजित हुने निश्चित भएपछि पुर्ब सचिब समेत रहेका पुष्प अधिकारीले अनेक हर्कत गरेका छन । हुँदै नभएको आरोप लगाउने देखि मिडियालाई समेत भ्रम छरेर उनले गुम्राहमा पार्ने कोशिष गरेका छन । ईटहरीबाट सञ्चालित प्रदेश पोर्टल नामको अनलाईनले भ्रामक र कपोकल्पित समाचार प्रकाशन गरेकोप्रति बिज्ञप्ती जारी गरेर क्यानले बिरोध जनाएको छ । समाचारमा मृत सदस्यले सम...

बसमा जबरजस्ती करणी गर्न खोज्ने चालक र सहचालक पक्राउ

बसमा जबरजस्ती करणी गर्न खोज्ने चालक र सहचालक पक्राउ
मोरङ / धनकुटा घर भई दमक आफन्तकोमा बस्दै आएकी १५ वर्षीय बालिकालाई बसभित्रै जवर्जस्ती करणी गर्न खोजेको आरोपमा बसका चालक र सहचालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ना. ६ ख ९३४४ नम्बरको यात्रु बाहक बसका चालक मोरङ रङ्गेली नगरपालिका–३ का ३७ बर्षीय किरण खड्का र सहचालक उर्लाबारी नगरपालिका–४ का १९ बर्षीय सन्तोष न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले गत २२ गते दिउँसो बेतना सिमसार घुमेर दम...