उदयपुर । उदयपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मंगलबार विहान ६ बजे त्रियुगा नगरपालिका ५ देउरी चोकमा बसको ठक्करबाट पैदल यात्रु त्रियुगा नगरपालिका १० का ३६ वर्षिय नारायण खड्का घाइते भएको थियो ।
बसको ठक्करबाट घाइते खड्काको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख दिनेश कुमार चौधरीले बताए । गाईघाटबाट जलजले तर्फ जाँदै गरेको बसले ठक्कर दिएको थियो । बस र बस चालक फरार भएका छन् । उनका अनुसार ठक्कर दिने बस र बस चालकको खोजी कार्य जारी रहेको बताए ।









