उदयपुर । उदयपुरमा मोटर साइकल दुर्घटनामा एक नगर सदस्य सहित तीन जना घाइते भएका छन् । बुधबार बेलुका ५:४० बजेको समयमा बेलका नगरपालिका नगर कार्यपालिका सदस्य वडा नं. ४ बस्ने ४० वर्षिय मिना आचार्य गम्भिर घाइते भएका हुन् ।
बेलका नगरपालिका ५ घुम्ने नजिक चतरा रुपनगर सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ३८ प २७२५ नम्बरको मोटर साइकल आफै नियन्त्रित भैइ दुर्घटना हुँदा नगर सदस्य मिनाका छोरा चाकल २२ वर्षिय अजय आचार्य, छोरी १९ वर्षिय अनिशा आचार्य घाइते भएको प्रहरीले जनाएको छ । नगर सदस्य मिना आयार्यको टाउकोमा चोट लागेकोले अवस्था गम्भिर भएर अहिले न्यूरो हस्पिटल विराटनगरमा सघन कक्षमा उपचार भईरहेको बेलका नगरपालिका नेकपाका युवा नेता गणेश बस्नेतले आफ्नो फेसबुकमा स्टाटस लेखेका छन् ।
नगर सदस्य मिनाको छोरा र छोरीको हातखुट्टामा चोट लागेकोले अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको छ ।









