राजेन्द्र महतो, लहान । पूर्वपश्चिम राजमार्ग अन्तरगत सिरहाको विभिन्न स्थानमा चेक जाँच गर्ने क्रममा बढी भाडा असुल्ने सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले यात्रुसँग बढी भाडा लिने ५ वटा सवारी सधानलाई कारबाही गरेको हो ।
बढी भाडा असुल्ने पाँच वटा सार्वजनिक सवारी साधनलाई कारबाही स्वरुप दुई हजार पाँच सय जरिवाना समेत गराएको छ भने केही यात्रुलाई ४ हजार ८ सय ५० रुपैयाँ फिर्ता गराएको प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बताएका छ्न ।
जिल्ला ट्राफिक कार्यालय लहान, सिरहाका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले बढी भाडा लिने सवारी सधानलाई कारबाही गरी यात्रुलाई भाडा फिर्ता समेत गरेको बताउदै चाड पर्वको समयमा हुने ठगी रोक्न प्रहरी सक्रियता साथ सवारी सधान चेकजाँचमा लागेको बताए ।









