कर्मचारीहरुले बन्द / हडताल गर्न नपाउने कानून ल्याउँदै

कर्मचारीहरुले बन्द / हडताल गर्न नपाउने कानून ल्याउँदै
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले कर्मचारीहरुले बन्द र हडताल गर्न नपाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाका सांसद प्रेम सुवालले आफ्नो तलबसहितको सेवा, सुविधा प्राप्तीका लागि पनि बन्द र हड्ताल गर्नेक्रम बढिरहेको उल्लेख गर्दै त्यसो हुन नदिने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो । शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामत...

मिनी ट्रकले म्याजिकलाई ठक्कर दिँदा १२ घाइते

मिनी ट्रकले म्याजिकलाई ठक्कर दिँदा १२ घाइते
सप्तरी । सप्तरीमा मिनी ट्रकले म्याजिकलाई ठक्कर दिँदा १२ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–६ कुशहामा भएको दुर्घटनामा १२ जना घाइते भएका हुन् । पूर्वबाट पश्चिमतर्फ गईरहेको ना. १ ज ५५५६ नम्बरको म्याजिकलाई सोही दिशाबाट आउँदै गरेको को. १ क २१२० नम्बरको मिनी ट्रकले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनामा घाइते सवैलाई उपचारको लागि सिराहाको लहान पठाइएको इलाका...

गाईघाटमा वृत्ति परामर्श तथा रोजगार मेला शुरु ( (२७ तस्विर सहित)

गाईघाटमा वृत्ति परामर्श तथा रोजगार मेला शुरु ( (२७ तस्विर सहित)
उदयपुर । त्रियुगा नगरपालिकाको आयोजनामा आज एक दिने वृत्ति परामर्श तथा रोजगार मेला शुरु भएको छ । त्रियुगा नगरपालिका, त्रियुगा उद्योग बाणिज्य संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुर, प्रधानमन्त्री रोजगार कार्यक्रमको आयोजनामा एक दिने मेला शुरु भएको हो । मेलामा विकास निर्माण, विद्यालय, होटल, कलकारखाना, फर्निचर उद्योग, व्युटीपार्लर लगायतका लागि २ सय ५० भन्दा बढीले रोजगार पाउने भएका छन् । मेलामा ...

रेडियो उदयपुर ११ औं वर्षमा प्रवेश

रेडियो उदयपुर ११ औं वर्षमा प्रवेश
उर्मिला दनुवार, उदयपुर । महिला सशक्तिकरण श्रोत केन्द्रद्वारा सञ्चालित सामुदायिक रेडियो उदयपुर १०२ थोप्लो ४ मेगाहर्ज ११ औं वर्षमा प्रवेश गरेको छ । महिलाहरुको सूचनामा पहँुच र नियन्त्रणका लागि सञ्चारको माध्यमबाट महिलाहरुलाई सशक्त बनाई सामाजिक परिवर्तन र विकासमा सहयोग पु¥याउने उद्देश्यले स्थापना भएको रेडियो उदयपुर, प्रथम गणतन्त्र दिवसको अवसर पारेर २०६६ साल जेठ १६ गते विधिवत रुपमा सञ्चालनमा आएको थियो ।...

बजेटमा समेटिएका उदयपुरका १० आयोजनाहरु, आयोजना परेपछि जिल्लाबासी उत्साहित

बजेटमा समेटिएका उदयपुरका १० आयोजनाहरु,  आयोजना परेपछि जिल्लाबासी उत्साहित
सुखिलाल चौधरी, उदयपुर । आर्थिक वर्ष २०७६÷७७ को बजेटमा उदयपुर जिल्लालाई लक्षित गरी विभिन्न १० आयोजना प्राथमिकतामा परेपछि जिल्लावासी उत्साहित भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार सार्वजनिक गरेको बजेटमा उदयपुरलाई लक्षित गरी त्रियुगा नदी नियन्त्रण, उदयपुर सिमेन्ट उद्योग क्षमता विस्तार, कोशी करिडोर निर्माण, जल तथा मौसमको साथै बाढी पूर्वानुमानका लागि राडर जडान, पर्यटन क्षेत्र लगायतका आयोजना...

उदयपुरमा मोटरसाईकल दुर्घटनामा ३ जना घाइते, २ जनाको अवस्था गम्भिर

उदयपुरमा मोटरसाईकल दुर्घटनामा ३ जना घाइते, २ जनाको अवस्था गम्भिर
उदयपुर । उदयपुरकोचौदण्डीगढी नगरपालिका र बेलका नगरपालिकाको सिमाना देउराली जंगलमा भएको मोटर साइकल दुर्घटनामा तीन जना घाइते भएको छ । बिहिबार दिउँसो करिब २ बजेको समयमा गाईघाटबाट बेलका नगरपालिका तर्फ जाँदै गरेको स.१० प ४१९४ को मोटरसाइकल दुर्घटनामा परेको हो । मोटर साइकल दुर्घटनामा बेलका नगरपालिका ७ का २३ वर्षिय शम्भु राई, ३० वर्षिय पलराज राई र अर्का ३० वर्षिय दुर्गा राई (चालक) रहेको प्रहरीले जानकारी दि...

यस्ता छन् नयाँ बजेटका मुख्य मुख्य बुँदा

यस्ता छन् नयाँ बजेटका मुख्य मुख्य बुँदा
अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ०७६/०७७ का लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट पेश गरेका छन्। जसमध्ये चालू खर्चतर्फ ९ खर्ब ५७ अर्ब, पुँजीगतर्फ ४ खर्ब ८ अर्ब रुपैयाँ तथा वित्तीयतर्फ १ खर्ब ६७ अर्ब रुपैयाँसहित १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट विनियोजन भएको छ। २ घण्टा लामो बजेटमार्फत् उनले धेरैलाई खुसी पार्ने प्रयास गरेका छन्। यस्ता छन् बजेटका मुख्य-मुख्य बुँदा : कर्म...

बजेटको पहिलो महँगी उपहार, पूर्वाधार करले पेट्रोल,डिजल र मट्टितेलमा डेढ रुपैयाँ बढ्यो

बजेटको पहिलो महँगी उपहार, पूर्वाधार करले पेट्रोल,डिजल र मट्टितेलमा डेढ रुपैयाँ बढ्यो
काठमाडौं। बजेटमा पूर्वाधार कर बढाएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटबाट पेट्रोल र डिजलमा प्रतिलिटर थप एक रुपैयाँ पूर्वाधार कर लगाउने घोषणा गरेको केही घण्टा नवित्दै निगमले मूल्य बढाएको हो। निगमले पेट्रोल,डिजल र मट्टितेलमा प्रतिलिटर डेढ रुपैयाँ मूल्य बढाएको हो।निगमका उपनिर्देशक विनितमणि उपाध्यायले पूर्वाधार कर ब...

गणतन्त्र दिवसमा उदयपुरबाट ६ कैदी छुटे

गणतन्त्र दिवसमा उदयपुरबाट ६ कैदी छुटे
उदयपुर । १२ औं गणतन्त्र दिवसको अवसरमा उदयपुर कारागारबाट ६ जना कैदी जेल मुक्त भएका छन । गणतन्त्र दिवस, २०७६ को उपलक्ष्यमा जिल्ला कारागार उदयपुरका असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका नेपालको संविधानको धारा २७६ बमोजिम माफी पाएर छुटेका हुन । जिल्ला कारगारका जेलर सिताराम कार्कीका अनुसार सवारी ज्यान मुद्धमा कैदी भुक्तानी गरिरहेका बेलका नगरपालिका ९ का उपेन्द्र विष्ट, ज्यान उद्योग र...

हेर्नुहोस्, बजेट भाषणको पूर्णपाठ

हेर्नुहोस्, बजेट भाषणको पूर्णपाठ
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा बुधबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले विनियोजित रकममध्ये चालु खर्च नौ खर्ब ५७ अर्ब १० करोड १४ लाख र  पूँजीगततर्फ चार खर्ब आठ अर्ब ५९ लाख निर्धारण गरिएको बताए । त्यसैगरी वित्तीय व्यवस्थातर्फ एक खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ विनियोजन गरि...