उदयपुर । उदयपुरकोचौदण्डीगढी नगरपालिका र बेलका नगरपालिकाको सिमाना देउराली जंगलमा भएको मोटर साइकल दुर्घटनामा तीन जना घाइते भएको छ । बिहिबार दिउँसो करिब २ बजेको समयमा गाईघाटबाट बेलका नगरपालिका तर्फ जाँदै गरेको स.१० प ४१९४ को मोटरसाइकल दुर्घटनामा परेको हो ।
मोटर साइकल दुर्घटनामा बेलका नगरपालिका ७ का २३ वर्षिय शम्भु राई, ३० वर्षिय पलराज राई र अर्का ३० वर्षिय दुर्गा राई (चालक) रहेको प्रहरीले जानकारी दिए ।
दुर्घटनामा परी गम्भिर घाइते हुनेमा चालक दुर्गा र पलराज रहेका छन् । उनीहरुको विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ भने अर्का शम्भु सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
मोटर साइकल तिब्र गति र तीन जना सबार रहेका कारणमा घुम्तीमा मोड्न नसक्दा दुर्घटना प्रहरीले जनाएको छ ।









