उर्मिला दनुवार, उदयपुर । महिला सशक्तिकरण श्रोत केन्द्रद्वारा सञ्चालित सामुदायिक रेडियो उदयपुर १०२ थोप्लो ४ मेगाहर्ज ११ औं वर्षमा प्रवेश गरेको छ । महिलाहरुको सूचनामा पहँुच र नियन्त्रणका लागि सञ्चारको माध्यमबाट महिलाहरुलाई सशक्त बनाई सामाजिक परिवर्तन र विकासमा सहयोग पु¥याउने उद्देश्यले स्थापना भएको रेडियो उदयपुर, प्रथम गणतन्त्र दिवसको अवसर पारेर २०६६ साल जेठ १६ गते विधिवत रुपमा सञ्चालनमा आएको थियो ।
रेडियोले अवको २ वर्षमा आफ्नै जग्गामा भवन निर्माण गर्ने लक्ष्य लिएको रेडियोको मातृसंस्था महिला सशक्तिकरण श्रोत केन्द्रका अध्यक्ष मन्दिरा दनुवारले बताईन् । अध्यक्ष दनुवारले १० औँ वार्षिक उत्सवको अवसरमा रेडियो उदयपुरको भवन निर्माणका लागि १० धुर जग्गा दान गर्ने घोषणा गरेकी हुन् ।


कार्यक्रममा प्रमुख अतिथि १ नं. प्रदेशका सांसद नारायण बुर्जा मगरले आँट र हिम्मतले नै मानिसलाई अगाडि बढाउने बताउँदै रेडियो उदयपुरलाई १० धुर जंगा दान गर्नु भएर रेडियोको अध्यक्षले हिम्मत गरेको प्रति धन्यवाद दिएका थिए । प्रमुख अतिथि मगरले रेडियो उदयपुरको भवन बनाउन सहयोगको प्रतिबद्धता समेत जनाएका थिए । १० औं वार्षिकोत्सवको अवसरमा रेडियो उदयपुरको संस्थापक अध्यक्ष तथा अधिकारकर्मी डा. रेणु अधिकारी, रेडियो स्थापनका लागि योगदान गर्नु हुने शसी तुलाधर र जग्गादाता रेडियोका अध्यक्ष्य मन्दिरा दनुवारलाई सम्मान गरिएकोे थियो ।
त्यस्तै कार्यक्रममा रेडियोले ओरेक नेपाल, डकस्कुल नेपाल र नेपाल एफ. एम.लाई कदर पत्र सहित सम्मान गरेको छ । कार्यक्रममा प्रदेश नम्बर १ का माननीय नारायण बुर्जा मगर, अम्बिका थापा, कला धले, सुनिता चौधरी, जिल्ला समन्वय समितिका सदस्य, टोल बिकास सस्थाका अध्यक्ष , वडा कार्यलयका वडा अध्यक्ष , शिक्षक,स्थानीयबासि ,बद्धिजिबि लगायतको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया