सप्तरी । सप्तरीमा मिनी ट्रकले म्याजिकलाई ठक्कर दिँदा १२ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–६ कुशहामा भएको दुर्घटनामा १२ जना घाइते भएका हुन् ।
पूर्वबाट पश्चिमतर्फ गईरहेको ना. १ ज ५५५६ नम्बरको म्याजिकलाई सोही दिशाबाट आउँदै गरेको को. १ क २१२० नम्बरको मिनी ट्रकले पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते सवैलाई उपचारको लागि सिराहाको लहान पठाइएको इलाका प्रहरी कार्यालय कडरवोनाले जनाएको छ । मिनिट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया