उदयपुरमा ६६० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित एक जना पक्राउ
उदयपुर । उदयपुरमा ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित शुक्रबार एक जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ६ स्थित प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका २२ का अन्दाजी २४ वर्षिय सन्दिप चौधरी पक्राउ परहेको हो ।
लहानबाट गाईघाट तर्फ आउँदै गरेको युवकलाई लालपत्ता प्रहरी चोकीले चेकजाँचको क्रममा मोटर साइकल सहित उनको साथबाट ६६० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला...













