उदयपुरमा हात्तीले ४ घर भत्काउँदा १६ लाख बढीको क्षति
उदयपुर । उदयपुरमा जंगली हात्तीको समुहले ४ घर भत्काउँदा १६ लाख बढीको क्षति भएको छ । चौदण्डीगढी गाउँपालिका ७ लामाचौरीमा ४ घर भत्काउँदा अन्दाजी १६ लाख २० हजार बराबरको अन्नपात, लताकपडा, भाडाकुडामा क्षति पुर्याएको हो ।
चौढण्डीगढी नगरपालिका ७ लामाचौरी बस्ने खिल बहादुर मगरको भुई तल्ले भान्सा घरको टाटी बेरा भत्काई भान्सा घर भित्र रहेको धान गरी नष्ट गरी अन्दाजी १ लाख बराबरको क्षति गरेको प्रहरीले जनाएको ...













