एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक दिउँसो बस्ने, आजै नतिजा प्रकाशन
काठमाडौं । एसईई परीक्षाको नतिजा बिहीबार प्रकाशित हुँदैछ । नतिजा प्रकाशनको निर्णय गर्न दिउँसो बोर्ड बैठक बोलाइएको छ ।
परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भने, ‘दिउँसो बोर्ड बैठक बोलाइएको छ । बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुन्छ ।’ सामान्यतया बोर्ड बैठकलगत्तै नतिजा सार्वजनिक गर्ने चलन छ ।
अघिल्लो वर्षको तुलनामा यस पटक केही ढिला नतिजा प्रकाशन हुन लागेको हो । प्रदे...












