उदयपुरमा आज ठाडीदेखि हडियासम्मको विद्युत सेवा अवरुद्ध हुने

उदयपुरमा आज ठाडीदेखि हडियासम्मको विद्युत सेवा अवरुद्ध हुने
गाईघाट । उदयपुरको त्रियुगा र चौदण्डीगढी नगरपालिकामा आज (शनिबार) विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्रले आज शनिबार विहान ८ बजेबाट बेलुका ५ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी गराएको छ । जलजले सब स्टेशनले ठाडीदेखि भुल्के हुँदै जोगिदह, हडियासम्मको ११ के.भी. प्रसारण लाइनमा परेका हाँगा विँगा काट्ने र मर्मतको काम भएकोले विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राध...

उदयपुरमा दुर्घटना न्युनिकरणका लागि संयुक्त चेकिङ

उदयपुरमा दुर्घटना न्युनिकरणका लागि संयुक्त चेकिङ
गाईघाट । सवारी साधनको दुर्घटना न्यूनीकरणको लागि विहिबार यातायात व्यवस्था सेवा कार्यालय गाईघाट र जिल्ला ट्राफिक कार्यालय उदयपुरले बिहिबार संयुक्त रुपमा सवारी साधनको चेकिङ गरेको छ । जिल्लाबाट चल्ने छोटो तथा लामो दुरीको सवारीको यातायात व्यवस्था सेवा कार्यालय गाईघाट, जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर र नगर प्रहरीको संयुक्त चेकिङ गरिएको हो । सवारी साधनको सम्पूर्ण अवस्थाको चेकजाँच, प्रदुषण चेक जाँच ...

उदयपुरमा २५ प्रतिशत मात्रै धान रोपाइँ

उदयपुरमा २५ प्रतिशत मात्रै धान रोपाइँ
उदयपुर । मानो खाएर मुरी उब्जाउने समयका रुपमा लिइने असार महिनाको तेस्रो सातासम्म उदयपुरमा करिव प्रतिशत मात्रै रोपाई भएको छ । सोमबारसम्मको तथ्याङ्क अनुसार असाढको तेस्रो सातासम्म उदयपुरमा करिव २५ प्रतिशत मात्र धान रोपिएको छ । जेष्ठको अन्तिम सातादेखि पानी परेपनि व्याडको विउ सानै भएकोले रोपाई शुरु हुन सकेको थिएनन् । कृषि ज्ञान केन्द्र उदयपुरका निमित्त प्रमुख महेश चौधरीका अनुसार जिल्लामा २४.६ प्रतिशत म...

सुनकोशी नदीमा डुबेर उदयपुरका दुई बालिका वेपत्ता

सुनकोशी नदीमा डुबेर उदयपुरका दुई बालिका वेपत्ता
उदयपुर - उदयपुरका दुई बालिका बुधबार दिउँसो १ बजे त्रियुगा नगरपालिका १४ धाप्लाङ स्थित सुनकोशी नदीमा डुबेर वेपत्ता भएका छन् । त्रियुगा नगरपालिका १४ का खाम बहादुर राईका १४ वर्षिय छोरी विना राई र सोही ठाउँका जीत बहादुर राईका १३ वर्षिय छोरी विपना राई सुनकोशी नदीमा डुबेर वेपत्ता भएका छन् । दिउँसो गाई गोठाला गएकी बालिकाहरुलाई गर्मी भएपछि सुनकोशी नदी नुहाउने क्रममा डुबेर वेपत्ता भएको त्रियुगा नगरपालिका...

वर्षाले अवरुद्ध ताप्लीको सडक पुनः सुचारु

वर्षाले अवरुद्ध ताप्लीको सडक पुनः सुचारु
उदयपुर । हप्ता दिन दिन अघि बर्षासँगै आएको पहिरोका कारण अवरुद्ध भएको रुपाटार, कुमालटार, डडुवा, मादले जोड्ने अबरुद्ध सडक पुनः सुचारु भएकोछ । बर्षातको कारण विभिन्न ठाउँहरुमा सडक अबरुद्ध भएपछि ताप्ली गाउपालिकाको अध्यक्ष ढुङ्गराज बिकले अवरुद्ध बाटो खुलाउन फिल्डमा नै पुग्नु भएको हो । अध्यक्ष विकले ताप्लिको सम्पुर्ण अबरुद्ध सडकहरु तत्काल खोलिने समेत जानकारी दिनु भएको छ । सडक अवरुद्ध भएपछि स्थानीयलाई सदर...

उदयपुरमा चट्याङ लागेर एक युवकको निधन

उदयपुरमा चट्याङ लागेर एक युवकको निधन
उदयपुरमा । उदयपुरमा मंगलबार बेलुका साँझ ५ बजेतिर परेको चट्याङले एक जना युवाको निधन भएको छ । चौदण्डीगढी नगरपालिका–५ शिवाइका २६ वर्षीय रोशन चौधरीको निधन भएको हो । चट्याङ लागि घाइते भएका चौधरीको उपचारको क्रममा सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । खेतबारीमा काम गरिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागेर घाइते भएको थ...

उदयपुरमा विद्युत प्राधिकरणको चरम लापरबाहीले करेन्ट लाग्दा एक बालिकाको हात गुम्यो

उदयपुरमा विद्युत प्राधिकरणको चरम लापरबाहीले करेन्ट लाग्दा एक बालिकाको हात गुम्यो
उदयपुर । उदयपुरमा विद्युत प्राधिकरणको लापरबाहीले ३३ हजार भोल्टको नाङ्गो तारमा करेन्ट लाग्दा एक बालिकाको हात काट्नु पर्ने अवस्थामा पुगेको छ । त्रियुगा नगरपालिका ३ मोतिगडा स्थित सन्तोष बरालको घरमा डेरा गरी बस्ने रौतामाई गाउँपालिका २ का भरत प्रसाद दाहालका अन्दाजी १३ वर्षिय छोरी क्रिष्टि दाहाललाई विहिबार साँझ पख ३३ हजार भोल्टको नाङ्गो तारमा करेन्ट लाग्दा गम्भिर घाइते भएकी छिन् । उनको अहिले किर्तिपुर ह...

सिरहा लहानको विद्युत पावर हाउसको ट्रान्सफर्मर जल्दा उदयपुरमा विद्युत आपूर्ति बन्द

सिरहा लहानको विद्युत पावर हाउसको ट्रान्सफर्मर जल्दा उदयपुरमा विद्युत आपूर्ति बन्द
उदयपुर । दुई हप्तादेखि उदयपुरको विद्युत सेवा अनियमित हुँदा सर्वसाधारणले सास्ती वोहेर्दै आएका छन् । विद्युत नियमित नहुदा सर्वसाधारणको काम रोकिएको मात्र छैन, खानेपानी, संचार संस्थामा छापाखाना, उद्योग व्यवसाय चौपट भएका छन् । २०–२५ मिनेट, एक घण्टा दुई घण्टामा जादै आउदै गर्ने विद्युतमा भोल्टेज नहुनेले जनता आजित भएको छ । जिल्लाको त्रियुगा नगरपालिकामा विद्युतमा भोल्टेजन नआउँदा मोतिगडा खानेपानी आपूर्ति ब...

ताप्ली गाउँपालिकाको बजेट ४० करोड १ लाख, विद्युतलाई पहिलो प्राथमिकता

ताप्ली गाउँपालिकाको बजेट ४० करोड १ लाख, विद्युतलाई पहिलो प्राथमिकता
उदयपुर । उदयपुरको विकट गाउँपालिका ताप्ली गाउँपालिकाको आगामी बजेट अनुमानित ४० करोड १ लाख बढी रहेको छ । गाउँपालिकाले विद्युत, शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । ताप्ती गाउँपालिकामा संघिय सरकारको वित्तीय समानीकरण अनुदान तर्फ ८ करोड ५० लाख, सशर्त अनुदान तर्फ १७ करोड ३० लाख, विशेष अनुदान तर्फ २ करोड ४५ लाख र समपुरक अनुदान पुँजीगत तर्फ १ करोड गरी २९ करोड २५ लाख...

लिम्चुङबुङ गाउँपालिकाको बजेट ३७ करोड ३३ लाख

लिम्चुङबुङ गाउँपालिकाको बजेट ३७ करोड ३३ लाख
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अनुमानित बजेट ३७ करोड ३३ लाख रहेको छ । गाउँपालिका उपाध्यक्ष पुष्पलाल राईले आगामी आर्थिक वर्ष २०७९/८० को लागि उक्त बजेट प्रस्तुत गरेका हुन् । बजेटमा संघिय सरकारको तर्फबाट वित्तीय समानीकरण अनुदान तर्फ ७ करोड ७९ लाख, सशर्त अनुदान तर्फ १४ करोड १७ लाख, विशेष अनुदान तर्फ १ करोड र समपुरक अनुदान पुँजीगत तर्फ ६० लाख गरी २३ करोड ४७ लाख बजेट विनियोजन भएको छ । यस्...