गाईघाट । सवारी साधनको दुर्घटना न्यूनीकरणको लागि विहिबार यातायात व्यवस्था सेवा कार्यालय गाईघाट र जिल्ला ट्राफिक कार्यालय उदयपुरले बिहिबार संयुक्त रुपमा सवारी साधनको चेकिङ गरेको छ । जिल्लाबाट चल्ने छोटो तथा लामो दुरीको सवारीको यातायात व्यवस्था सेवा कार्यालय गाईघाट, जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुर र नगर प्रहरीको संयुक्त चेकिङ गरिएको हो । सवारी साधनको सम्पूर्ण अवस्थाको चेकजाँच, प्रदुषण चेक जाँच गरिएको थियो ।
अनुगमनामा यातायात व्यवस्था तथा ट्राफिक नियम सम्बवन्धि दर्ता, ऋणु, विमा, लाईसेन्स, ओभर लोड, सिट बेल्ट, क्षमता भन्दा बढी यात्रु र अवस्था ठिक नभएको सवडारीहरु जस्तै हेल्मेट नलगाएको, क्लिप नबाँधिएको, लुकिङ ग्लास नभएको, साईड लाईट नभएको जस्ता सवारीहरुलाई चेक जाँज गरिएको यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख श्याम बहादुर लिम्बुले बताउनु भयो ।

सवारी चाप र अव्यवस्थीत बाटोघाटोमा हुने अत्याधिक दुर्घटनाको अवस्थालाई मध्यनजर गरी यसलाई न्युनिकरण पार्दै सचेत गराउन संयुक्त चेकिङ गरिएको याताया व्यवस्था सेवा कार्यालय प्रमुख श्याम वहादुर लिम्वुले बताउनुभयो ।
लिम्वुका अनुसार अनुगमनको क्रममा चालकहरुलाई दुर्घटनाबारे सचेत समेत गराईएको जनाउनुभयो । कतिपय चालकहरुले सवारी निति नियम तथा ट्राफिक नियम समेत नजानेको र कतिपयले भने नियम मिचेर हिडिरेको अवस्थामा फेलापरेको लिम्वुले बताउनुभयो । त्यस्ता अवस्थामा फेला परेका नबुझेका व्यक्तिहरुलाई नियम कानून सम्झाएर छाडिएको र नियम मिच्नेहरुलाई कार्वाहीको दायरमा ल्याईएको उहाँले बताउनुभयो ।

बिहान साढे ९ बजे सम्म गरिएको उक्त अनुगमनमा २१ ओटा सवारीहरुलाई कार्वाहीको दायरामा लाईएको छ । सवारी तथा ट्राफिक नियम विपरित बिभिन्न गल्ती गरी सडकमा गुड्ने सवारीहरु कार्वाहीमा परेको कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक कार्यालय उदयपुरका इन्चार्ज लिला बहादुर श्रेष्ठका अनुसार ट्रक १, बस १, जिप ७, मोटरसाईकाल ५, अटो ४, ट्याक्टर २ र ट्याङकर १ गरी जम्मा २१ ओटा सवारीहरु कार्वाहीमा परेको जनाउनुभयो ।
यी कार्वाहीमा परेका सवारीहरु भने बिभिन्न गल्तीहरु गरी नियम मिचेर हिडिरेको अवस्थामा फेला परेको श्रेष्ठले जानकारी दिनुभयो । यी मध्ये गल्तीको अवस्था हेरी सामान्य देखि अधिक जरिवाना गराईएको छ ।
कार्यालय प्रमुख लिम्वुका अनुसार यो कार्यालयको नियममित कार्यक्रमको रुपमा अगाडी बढ्ने बताउनुभयो । यस्तो कार्यक्रमले सवारी चालक र यात्रुहरुमा सेचतना फैलने तथा मर्यादित बनाउन सहयोग पुराउँदै दुर्घटना न्युनिकरण गर्ने लिम्वुको अपेक्षा छ ।

तपाईको प्रतिक्रिया