गाईघाट । उदयपुरको त्रियुगा र चौदण्डीगढी नगरपालिकामा आज (शनिबार) विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्रले आज शनिबार विहान ८ बजेबाट बेलुका ५ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी गराएको छ ।
जलजले सब स्टेशनले ठाडीदेखि भुल्के हुँदै जोगिदह, हडियासम्मको ११ के.भी. प्रसारण लाइनमा परेका हाँगा विँगा काट्ने र मर्मतको काम भएकोले विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्र प्रमुख पंकज कुमार गोइतले जानकारी दिए ।
जलजले सब स्टेशन देखि ठाडी, भुल्के हुँदै मिलन चोक, खैजनपुर, मोथियाही, जोगिदह र हडियासम्मका विद्युत अवरुद्ध हुने केन्द्र प्रमुख गोइतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया