उदयपुरमा २ सय ७६ शिक्षक दरबन्दी रिक्त
उदयपुर । देशभरका सामुदायिक विद्यालयमा १७ हजार २ सय २७ जना शिक्षकको दरबन्दी खाली रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रले रिक्त शिक्षकको पदपूर्ति गर्न शिक्षक सेवा आयोगलाई आग्रह गरेको छ । केन्द्रको तथ्यांकअनुसार उदयपुरमा चैत्र मसान्तसम्मा २ सय ७६ शिक्षकको दरबन्दी रिक्त हुँदैछ ।
प्राथमिक विद्यालय तहमा २ सय ११ जना, निम्न माध्यमिक तहमा ४९ जना र माध्यमिक तहमा १६ जना शिक्षकको द...













