असारबाट वैकल्पिक प्रविधिमार्फत सबै विद्यालयको पठनपाठन शुरु हुने (विज्ञप्तिसहित)
काठमाडौं । अब विद्यालय तहको पढाई सुचारु हुने भएको छ । १ असारबाट सरकारले पठनपाठन शुरु गर्न आव्हान गरेको हो ।
आईतबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पठनपाठन सुचारु गर्न आव्हान गरेका हुन् । शिक्षा मन्त्रालयबाट हालै वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी गरिएको उल्लेख गर्दै सो बमोजिम कार्यान्वयन गर्न गराउन संघ, प्रदेश र स्थानीय तहको सम्वद्ध सबै निकाय तथा ...









