मारुती सिमेन्टले फेरी सामुदायिक वनको जग्गा कब्जा गर्यो, , वन फडानी गर्ने दुई भारतीय कर्ता पक्राउ
सिरहा । पूर्वपश्चिम राजमार्ग अन्र्तागत सिरहामा सञ्चालित मारुती सिमेन्टले सामुदायिक वनको करिब ४ बिघा जग्गा अतिक्रमण गरेको छ । यसभन्दा अघि ०७५ साल असोजमा सोही वन उपभोक्ता समूह मातहतमा रहेका कुल ३१ हेक्टर जग्गामध्ये मारुती सिमेन्टले कब्जा गर्न खोजेको थियो ।
तर, अहिले फेरि मारुती सिमेन्टले वनको जग्गा अतिक्रमण गर्न सुरु गरेको छ । नापी विभागले २०२२ सालमा बुट्यान वन क्षेत्र भनेर उल्लेख गरेको थियो ।
ज...













